News Portal

रेडियो सुन्नुहोस्

महोत्सवमा ७ बालीको प्रदर्शनी, फागुन १०/११ गते माटो परिक्षण समेत हुँदै

बिबश जि एम०८ फागुन २०७९
७१० पटक
०८ फागुन २०७९

कृषि तथा कृषिजन्य उत्पादनको विक्री तथा प्रदर्शनी प्यूठान महोत्सवमा भईरहेको छ ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले कृषकहरुको उत्पादनलाई बृद्धि विकासमा टेवा पुगोस भन्नका लागि महोत्सवमा कृषि भेला प्रदर्शनी गरेको हो ।

कार्यालयले जिल्लाका विभिन्न स्थानमा उत्पादन भएका ७ बालिहरुको प्रदर्शनीलाई अगाडी सारेको कृषि अर्थविज्ञ उमेश चन्द श्रेष्ठले जानकारी दिए ।

कार्यालयले खाद्यान्न बाली, तरकारी बाली, फलफूल बाली, आलु बाली, नगदे तथा औद्योगिक बाली, माछा मासु र विविध गरी ७ बाली प्रदर्शनीको लागि लिएको श्रेष्ठले बताए ।

जिल्लाभरका ८८ जना कृषकले एक सय ४६ वटा कृषिजन्य बस्तुहरु प्रदर्शनका लागि लिएका छन् । प्रदर्शनीमा कृषकहरुलाई प्रोत्साहनका लागि पुरुस्कृत समेत गर्ने भएको छ ।

कार्यालयले क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई पुरुस्कृत गर्ने लक्ष्य लिएको कृषि अर्थविज्ञ श्रेष्ठले जानकारी दिए । त्यस्तै फागुन १०/११ गते किसानहरुको लागि माटो परिक्षण शिविर सञ्चालन हुने भएको छ ।

शिविरमा जाँच गराउनका लागि कृषकले आफ्नो बारी अथवा खेतको माटोको नमुना लिएर माटोको जाँच गराउन सकिने कार्यालयले जनाएको छ । माटोको नमुना संकलन भने ५०० ग्राम हुनुपर्ने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...