News Portal

रेडियो सुन्नुहोस्

महोत्सवमा ७ बालीको प्रदर्शनी, फागुन १०/११ गते माटो परिक्षण समेत हुँदै

बिबश जि एम०८ फागुन २०७९
७८८ पटक
०८ फागुन २०७९

कृषि तथा कृषिजन्य उत्पादनको विक्री तथा प्रदर्शनी प्यूठान महोत्सवमा भईरहेको छ ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले कृषकहरुको उत्पादनलाई बृद्धि विकासमा टेवा पुगोस भन्नका लागि महोत्सवमा कृषि भेला प्रदर्शनी गरेको हो ।

कार्यालयले जिल्लाका विभिन्न स्थानमा उत्पादन भएका ७ बालिहरुको प्रदर्शनीलाई अगाडी सारेको कृषि अर्थविज्ञ उमेश चन्द श्रेष्ठले जानकारी दिए ।

कार्यालयले खाद्यान्न बाली, तरकारी बाली, फलफूल बाली, आलु बाली, नगदे तथा औद्योगिक बाली, माछा मासु र विविध गरी ७ बाली प्रदर्शनीको लागि लिएको श्रेष्ठले बताए ।

जिल्लाभरका ८८ जना कृषकले एक सय ४६ वटा कृषिजन्य बस्तुहरु प्रदर्शनका लागि लिएका छन् । प्रदर्शनीमा कृषकहरुलाई प्रोत्साहनका लागि पुरुस्कृत समेत गर्ने भएको छ ।

कार्यालयले क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई पुरुस्कृत गर्ने लक्ष्य लिएको कृषि अर्थविज्ञ श्रेष्ठले जानकारी दिए । त्यस्तै फागुन १०/११ गते किसानहरुको लागि माटो परिक्षण शिविर सञ्चालन हुने भएको छ ।

शिविरमा जाँच गराउनका लागि कृषकले आफ्नो बारी अथवा खेतको माटोको नमुना लिएर माटोको जाँच गराउन सकिने कार्यालयले जनाएको छ । माटोको नमुना संकलन भने ५०० ग्राम हुनुपर्ने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...