


मल्लरानी गाउँपालिका ४ खलगांमा पिकअप जीपमा आगलागी भएको छ ।
अर्घाखाँचीदेखी जिल्ला अस्पताल प्यूठानको सामान लिएर आउँदै गरेको ना ३ च २७६८ नं को जीप रोकिरहेको अवस्थामा आगलागी भएको हो ।
आगलागि बाट जलेर गाडी पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक शुशिल थापाले बताए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

