News Portal

रेडियो सुन्नुहोस्

बिश्व रक्तदान दिवस माण्डवी गाउँपालिकामा पनि मनाईयो

हेमन्त पाठक२०८० जेठ ३१
६४५ पटक
२०८० जेठ ३१

माण्डवी गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला रेडक्रस सोसाइटीको सहकार्य र नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा बिश्व रक्तदान दिवस माण्डवी गाउँपालिकामा मनाईएको छ । बुधबार भएको  रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए ।

४३ पोका रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र रुपन्देहीमा पठाइएको स्वयंसेवी रक्तदान समाज प्यूठानका कोषाध्यक्ष मनु लामाले जानकारी दिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानका अध्यक्ष प्रल्हादभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी (रोशन), गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश पाण्डे, प्रशासन शाखाका अधिकृत बलराम पौडेल लगायतकाे सहभागिता रहेको थियो ।

स्वस्थ रगत, सबैको रगत भन्ने मुल नाराका साथ सञ्चालन गरिएको बृहत् रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र रुपन्देहीका प्राविधिक टोलीको सहभागिता रहेको थियो । रक्तदान गर्ने सबै रक्तदातालाई रक्तदान स्थलमै प्रमाणपत्र प्रदान गरीएकाे कोषाध्यक्ष लामाले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...