News Portal

रेडियो सुन्नुहोस्

प्राङगारिक कृषि ब्याबसाय गर्ने किसानहरुलाई तालिम

बोम बहादुर परियार२०८० जेठ ३२
६१७ पटक
२०८० जेठ ३२

मल्लरानी गाउपालिका ३ का सफल कृषकहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिएको छ । मल्लरानी गाउपालिका कृषि शाखाको आयोजनामा बिहिबार वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा २ दिने तालिमको उद्घाटन गरिएको हो ।

तालिमको आज पहिलो दिन किसानहरुलाई टमाटर, आलु र बिभिन्न तरकारी बाली उत्पादन र त्यसमा लाग्ने रोगको ब्याबस्थानको बिषयमा प्रशिक्षण दिएको थियो ।

किसानहरुलाई नया कृषि प्रबिधिको बारेमा जानकारी गराउदै प्राङ्गारिक कृषि उत्पादन गर्ने सफल किसानलाई तालिममा सहभागी गराएको मल्लरानी गाउपालिका कृषि साखा प्रमुख मोति आचार्यले बताए ।


यस आर्थिक बर्षमा गाउपालिकाका सबै वडामा उक्त तालिम उपलब्ध गराएको आचार्यको भनाई छ ।
तालिमको सहजिकरण गर्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यावनन ईकाई प्युठानका प्रमुख चुमान गिरिले किसानहरुलाई बीउ बाडेर मात्र नहुने र प्रबिधिको प्रयोग गरेर कृषि ब्याबसायमा लाग्न आग्रह गरेका छन् ।


पहाडको ठाउमा १२ वटै महिना टमाटर ब्यावसाय गर्न सकिने भन्दै मल्लरानी ३ को भुगोल बीउ उत्पादन गर्नको लागि उपयुक्त ठाउँ रहेको उनले बताए । त्यस्तै किसानहरुको ईच्छा र चाहाना भए मल्लरानी ३ मा टमाटरको बीउ उत्पादनको लागि आफुले पहल गर्ने गिरिले बताए ।


किसानहरुलाई तालिममा काउली बाली, सामुहिक तरकारी खेती र प्रबिधिको प्रयोग, लहरेबाली, तरकारी बालिमा लाग्ने किरा र त्यसको ब्याबस्थापन, सुरक्षित बिषादिको प्रयोग, झोलमलको महत्व र प्रयोग गर्ने बिधिका बिषयमा सिकाईने मोति आचार्यले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...