News Portal

रेडियो सुन्नुहोस्

प्राङगारिक कृषि ब्याबसाय गर्ने किसानहरुलाई तालिम

बोम बहादुर परियार२०८० जेठ ३२
७७१ पटक
२०८० जेठ ३२

मल्लरानी गाउपालिका ३ का सफल कृषकहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिएको छ । मल्लरानी गाउपालिका कृषि शाखाको आयोजनामा बिहिबार वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा २ दिने तालिमको उद्घाटन गरिएको हो ।

तालिमको आज पहिलो दिन किसानहरुलाई टमाटर, आलु र बिभिन्न तरकारी बाली उत्पादन र त्यसमा लाग्ने रोगको ब्याबस्थानको बिषयमा प्रशिक्षण दिएको थियो ।

किसानहरुलाई नया कृषि प्रबिधिको बारेमा जानकारी गराउदै प्राङ्गारिक कृषि उत्पादन गर्ने सफल किसानलाई तालिममा सहभागी गराएको मल्लरानी गाउपालिका कृषि साखा प्रमुख मोति आचार्यले बताए ।


यस आर्थिक बर्षमा गाउपालिकाका सबै वडामा उक्त तालिम उपलब्ध गराएको आचार्यको भनाई छ ।
तालिमको सहजिकरण गर्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यावनन ईकाई प्युठानका प्रमुख चुमान गिरिले किसानहरुलाई बीउ बाडेर मात्र नहुने र प्रबिधिको प्रयोग गरेर कृषि ब्याबसायमा लाग्न आग्रह गरेका छन् ।


पहाडको ठाउमा १२ वटै महिना टमाटर ब्यावसाय गर्न सकिने भन्दै मल्लरानी ३ को भुगोल बीउ उत्पादन गर्नको लागि उपयुक्त ठाउँ रहेको उनले बताए । त्यस्तै किसानहरुको ईच्छा र चाहाना भए मल्लरानी ३ मा टमाटरको बीउ उत्पादनको लागि आफुले पहल गर्ने गिरिले बताए ।


किसानहरुलाई तालिममा काउली बाली, सामुहिक तरकारी खेती र प्रबिधिको प्रयोग, लहरेबाली, तरकारी बालिमा लाग्ने किरा र त्यसको ब्याबस्थापन, सुरक्षित बिषादिको प्रयोग, झोलमलको महत्व र प्रयोग गर्ने बिधिका बिषयमा सिकाईने मोति आचार्यले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...