News Portal

रेडियो सुन्नुहोस्

३ वटा सरकारी मोटरसाइकल युवा संगठनको नियन्त्रणमा

झुलेनी नेटवर्क२०८० श्रावण १६
५२१ पटक
२०८० श्रावण १६

सरकारी गाडीहरु दुरुपयोग गरिएको भन्दै युवा संगठन प्यूठानले प्यूठानमा ३ वटा सरकारी मोटर साइकल नियन्त्रणमा लिएको छ । मंगलबार बिहान प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित जिल्ला खेलकुद विकास समितिको कर्वडहल अगाडीबाट मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा प्यूठानका इन्चार्ज बिरबल केसीले जानकारी दिए ।
जिल्लामा सरकारी गाडीहरु दुरुपयोग रोक्नको लागि मोटर साइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको केसीले बताए ।

संगठनले मोटरसाइकल नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बिजुवारलाई जिम्मा दिइएको छ । सरकारी सेतो प्लेट नम्बर गरेको लु १ ब २५६७, लु १ ब २५६८ र लु १ ब २०४९ नम्बरको मोटरसाइल नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएको युवा संगठन प्यूठानले जनाएको छ । हरेक दिन कवर्डहलका ब्याडमेन्टिन खेल्न जादा सरकारी कर्मचारी मोटरसाइकल दुरुपयोग गरिरहेकाले रोक्नको लागि मोटरसाइकल नियन्त्रणमा लिएको केसीले बताए ।

सरकारी काम बाहेक सरकारी सवारी प्रयोग किन भएको भन्ने विषयमा सम्बन्घित कार्यालय प्रमुखसंग बुझेर मोटरसाइकल दुरुययोग गर्ने व्यक्तिालाई सचेत गराइने प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...