News Portal

रेडियो सुन्नुहोस्

३ वटा सरकारी मोटरसाइकल युवा संगठनको नियन्त्रणमा

झुलेनी नेटवर्क२०८० श्रावण १६
६७७ पटक
२०८० श्रावण १६

सरकारी गाडीहरु दुरुपयोग गरिएको भन्दै युवा संगठन प्यूठानले प्यूठानमा ३ वटा सरकारी मोटर साइकल नियन्त्रणमा लिएको छ । मंगलबार बिहान प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित जिल्ला खेलकुद विकास समितिको कर्वडहल अगाडीबाट मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा प्यूठानका इन्चार्ज बिरबल केसीले जानकारी दिए ।
जिल्लामा सरकारी गाडीहरु दुरुपयोग रोक्नको लागि मोटर साइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको केसीले बताए ।

संगठनले मोटरसाइकल नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बिजुवारलाई जिम्मा दिइएको छ । सरकारी सेतो प्लेट नम्बर गरेको लु १ ब २५६७, लु १ ब २५६८ र लु १ ब २०४९ नम्बरको मोटरसाइल नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएको युवा संगठन प्यूठानले जनाएको छ । हरेक दिन कवर्डहलका ब्याडमेन्टिन खेल्न जादा सरकारी कर्मचारी मोटरसाइकल दुरुपयोग गरिरहेकाले रोक्नको लागि मोटरसाइकल नियन्त्रणमा लिएको केसीले बताए ।

सरकारी काम बाहेक सरकारी सवारी प्रयोग किन भएको भन्ने विषयमा सम्बन्घित कार्यालय प्रमुखसंग बुझेर मोटरसाइकल दुरुययोग गर्ने व्यक्तिालाई सचेत गराइने प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...