News Portal

रेडियो सुन्नुहोस्

गर्जेनीमा फेरी पहिरो, अझै सडक सुचारु भएन

झुलेनी नेटवर्क२०८० श्रावण १९
४८७ पटक
२०८० श्रावण १९

प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । शुक्रबार विहान पहिरो पन्छाईरहेको अवस्थामा पुनः पहिरो झरेपछि सडक खुलाउन समस्या भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । पहिरो हटाईरहेको समयमा माथीबाट पहिरो खसेपछि थप २/३ दिन लाग्न सक्ने कार्यालयका सवइन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए । त्यहाँ अहिले ब्याक होल्ड लोडर, व्हिल लोडर, स्काभेटर गरि ४ वटा मेसिन लगाएर पहिरो हटाउने काम भइरहेको अधिकारीले बताए ।

उनका अनुसार माथीको भाग चिरा परेको हुँदा हिजो विहिबारकोे भन्दा आज झन ठूलो पहिरो आएर समस्या भएको हो । प्यूठान रोल्पामा चल्ने गाडीहरु बुधबार राती देखी पूर्णरुपमा अवरुद्ध रहेका छन् । यो सडकखण्डमा यात्रा गर्दा सुचना लिएर मात्र यात्रा गर्न सडक डिभिजन कार्यालय प्यूठानले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...