News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीको पिपलनेटामा पिकनिक पार्क बन्दै

बोम बहादुर परियार२०८० श्रावण २६
६३३ पटक
२०८० श्रावण २६

ऐरावती गाउँपालिकाले वडा नम्बर ५ को पकलास्थित पिलनेटामा पिकनिक पार्क निर्माण गरेको छ । ७ करोड २५ लाख रुपैयाँ लागत स्टिमेट गरेर पालिकाले पार्क निर्माणको योजना अगाडी सारेको हो ।

२०७६ सालबाट पार्क निर्माणको काम थालेको गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले बताए । पार्कमा बिभिन्न भौतिक पूर्वाधार निर्माण गर्न हालसम्म २ करोड ६ लाख ४८ हजार ७ सय ३७ रुपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको समानीकरण अनुदानमा पालिकाले पार्क निर्माणको योजना अगाडी बढाएको हो । पार्कमा पोखरी,चौतारी,शौचालय, आरामदायी सिमेन्टका कुर्ची, वाटर फाउन्टेन,लभसाइन, गोलघर, चिप्लेटी लगायतका पूर्वाधार निर्माण गरिएका छन् ।

ऐरावती गाउँपालिकाको मुख्य सडकको छेउमा पिकनिक पार्क पर्ने भएकाले दैनिक आवतजावत गर्ने मानिसहरुले समेत अवलोकन गर्ने गरेको उनको भनाई छ । डिपीआरमा भएका अन्य पूर्वाधार निर्माणको लागि प्रदेश सरकारसंग सहकार्य गरेर यस वर्ष पनि पार्क निर्माणका लागि बजेट विनियोजन गरेको पालिका अध्यक्ष शाहले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...