News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीको पिपलनेटामा पिकनिक पार्क बन्दै

बोम बहादुर परियार२०८० श्रावण २६
११८० पटक
२०८० श्रावण २६

ऐरावती गाउँपालिकाले वडा नम्बर ५ को पकलास्थित पिलनेटामा पिकनिक पार्क निर्माण गरेको छ । ७ करोड २५ लाख रुपैयाँ लागत स्टिमेट गरेर पालिकाले पार्क निर्माणको योजना अगाडी सारेको हो ।

२०७६ सालबाट पार्क निर्माणको काम थालेको गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले बताए । पार्कमा बिभिन्न भौतिक पूर्वाधार निर्माण गर्न हालसम्म २ करोड ६ लाख ४८ हजार ७ सय ३७ रुपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको समानीकरण अनुदानमा पालिकाले पार्क निर्माणको योजना अगाडी बढाएको हो । पार्कमा पोखरी,चौतारी,शौचालय, आरामदायी सिमेन्टका कुर्ची, वाटर फाउन्टेन,लभसाइन, गोलघर, चिप्लेटी लगायतका पूर्वाधार निर्माण गरिएका छन् ।

ऐरावती गाउँपालिकाको मुख्य सडकको छेउमा पिकनिक पार्क पर्ने भएकाले दैनिक आवतजावत गर्ने मानिसहरुले समेत अवलोकन गर्ने गरेको उनको भनाई छ । डिपीआरमा भएका अन्य पूर्वाधार निर्माणको लागि प्रदेश सरकारसंग सहकार्य गरेर यस वर्ष पनि पार्क निर्माणका लागि बजेट विनियोजन गरेको पालिका अध्यक्ष शाहले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...