News Portal

रेडियो सुन्नुहोस्

प्युठानका २७ बर्षिय राज कुमारको दुबै मृगौला फेल ,उपचारमा समस्या

बोम बहादुर परियारभदौ ६
४८३ पटक
भदौ ६

प्युठान नगरपालिका ४ बिजुवार गाजुरी घर भएका राजकुमार नेपालीको दुबै मृगौलाले काम गर्न छाडे पछि अहिले उपचारमा समस्या भएको छ ।२०७९ पौष महिनादेखि स्वास्थ्यमा समस्या आएपछि जाँच गराउँदा मृगौलामा समस्या देखिएको थियो । अहिले उनको दाङमा उपचार भईरहेको उनका बुबा नबिन नेपालीले बताए।

२७ बर्षिय राजकुमार परिवारका जेठो छोरा हुन । उनका बुवा नबिन नेपालीले बिजुवारमा साइकल मर्मतसम्बन्धी व्यबसाय गर्छन । भारतको दिल्ली स्थित एक अस्पतालमा अवको केहि महिनामै राजकुमारको मृगौला प्रत्यारोपण गर्ने भनिएपनि आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको छ । मृगौला प्रत्यारोपणको लागि १० देखि १२ लाखसम्म खर्च लाग्ने अस्पतालले अनुमान गरेको भन्दै उनको परिवारले आर्थिक सहयोगको आव्हान गरेका छन् ।

राजकुमारको एक छोरा र एक छोरी छन् । कमाउने ब्यक्ति नै बिस्तारामा थलिएपछि परिवार चिन्तित बनेका छन् । हालसम्म उपचार गर्दा लाखौं रकम सकिसकेको र थप उपचारका लागि आर्थिक समस्या भएकाले सबैले सक्दो सहयोग गर्न परिवारले अनुरोध समेत गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...