News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा पहिरोले घरगोठ बगायो

झुलेनी नेटवर्क२०८० असोज ५
६०२ पटक
२०८० असोज ५

गयराती परेको अविरल बर्षाका कारण नौबहिनी गाउँपालिकामा पहिरोले ३ घर बगाएको छ । नौबहिनी गाउँपालिका ७ का विभिन्न स्थानमा पहिरोले घर बगाएको हो ।

पात्चौरका स्थानीय अमृत रोका क्षेत्री, सुर्दिपका कुमार बुढाथोकीको घर बगाएको हो भने कबिराम बुढाथोकीको घर उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष रोम प्रसाद बुढाथोकीले जानकारी दिए ।

अध्यक्ष बुढाथोकीका अनुसार गमिजाका रुकमान खड्काको गोठ बगाउँदा ४ बाख्रा, कुखुरा बगाएको छ भने गाई,गोरु भैसीलाई उद्दार गरिएको छ । त्यस्तै मैरामारेका स्थानीय दिल बहादुर राना मगरको एउटा भैंसी पहिरोमा पुरिएको र गोगनपानीमा हिरा बहादुर बिटालुको थारो बगाएको हो ।

पहिरोका कारण बाटो अबरुद्ध हुँदा आवतजावतमा कठिनाई भएको छ भने विद्युत सेवा पनि अबरुद्ध भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनुसार अहिले जनप्रतिनिधि सहित, सुरक्षाकर्मी र स्थानीयले उद्दार गरिरहेका छन्। क्षतिको एकिन विवरण आउन बाकी रहेको छ ।

फोटो: केशब पुन मगर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...