News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा पहिरोले घरगोठ बगायो

झुलेनी नेटवर्क२०८० असोज ५
७५४ पटक
२०८० असोज ५

गयराती परेको अविरल बर्षाका कारण नौबहिनी गाउँपालिकामा पहिरोले ३ घर बगाएको छ । नौबहिनी गाउँपालिका ७ का विभिन्न स्थानमा पहिरोले घर बगाएको हो ।

पात्चौरका स्थानीय अमृत रोका क्षेत्री, सुर्दिपका कुमार बुढाथोकीको घर बगाएको हो भने कबिराम बुढाथोकीको घर उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष रोम प्रसाद बुढाथोकीले जानकारी दिए ।

अध्यक्ष बुढाथोकीका अनुसार गमिजाका रुकमान खड्काको गोठ बगाउँदा ४ बाख्रा, कुखुरा बगाएको छ भने गाई,गोरु भैसीलाई उद्दार गरिएको छ । त्यस्तै मैरामारेका स्थानीय दिल बहादुर राना मगरको एउटा भैंसी पहिरोमा पुरिएको र गोगनपानीमा हिरा बहादुर बिटालुको थारो बगाएको हो ।

पहिरोका कारण बाटो अबरुद्ध हुँदा आवतजावतमा कठिनाई भएको छ भने विद्युत सेवा पनि अबरुद्ध भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनुसार अहिले जनप्रतिनिधि सहित, सुरक्षाकर्मी र स्थानीयले उद्दार गरिरहेका छन्। क्षतिको एकिन विवरण आउन बाकी रहेको छ ।

फोटो: केशब पुन मगर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...