News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीको प्रशासकीय भवनको उद्घाटन पूर्व प्रधानमन्त्री केपी ओलीले गर्ने

झुलेनी पोष्ट२०८० असोज ९
७५२ पटक
२०८० असोज ९

नौबहिनीको प्रशासकीय भवन निर्माण सम्पन्न प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएपछि पालिकाले भवन उद्घाटन यहि असोज १६ गते गर्ने तयारी थालेको छ ।

नौबहिनीको प्रशासकीय भवन निर्माण सम्पन्न प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएपछि पालिकाले भवन उद्घाटन यहि असोज १६ गते गर्ने तयारी थालेको छ ।
भवन उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने तयारी थालेको गाउँपालिकाले जनाएको छ ।

आईतबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको पालिका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए । २०७८ साल असार ११ मा निर्माण कार्य सुरु गरिएको भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए । ८ करोड ३४ लाख ८८ हजार ७ सय १९ रुपैयाँ लागत अनुमान गरिएको भवन ६ करोड १३ लाख ६० हजार ७ सय ३६ रुपैयाँ ९ पैसामा ठेक्का सम्झौता भएको थियो । रविना/आँशु /मल्लरानी जेभीले २०७९ मंसिर १५ मा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का लिएको थियो ।

नौबहिनी गाउँपालिकाले हाल भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ । भवन निर्माण भएपछि कार्यसम्पादनमा सुधार हुने आशा स्थानीयले गरेका छन् । लुम्बिनी प्रदेश अन्तर्गत साविकका गा।वि।स। स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर नौबहिनी गाउँपालिका बनेको छ । पालिकाको प्रमुख प्रशासकीय केन्द्रको सुन्दर र आर्कषक भवन निर्माणसँगै पालिकाबासीले सर्वसुलभ, छिटोछरितो सेवा पाउने आशा गरेका छन् । भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको पालिकाले अबदेखि आफ्नो नियमित कामहरु आफ्नै भवनबाट सञ्चालन गर्नेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...