News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीको प्रशासकीय भवनको उद्घाटन पूर्व प्रधानमन्त्री केपी ओलीले गर्ने

झुलेनी पोष्ट२०८० असोज ९
५९८ पटक
२०८० असोज ९

नौबहिनीको प्रशासकीय भवन निर्माण सम्पन्न प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएपछि पालिकाले भवन उद्घाटन यहि असोज १६ गते गर्ने तयारी थालेको छ ।

नौबहिनीको प्रशासकीय भवन निर्माण सम्पन्न प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएपछि पालिकाले भवन उद्घाटन यहि असोज १६ गते गर्ने तयारी थालेको छ ।
भवन उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने तयारी थालेको गाउँपालिकाले जनाएको छ ।

आईतबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको पालिका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए । २०७८ साल असार ११ मा निर्माण कार्य सुरु गरिएको भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए । ८ करोड ३४ लाख ८८ हजार ७ सय १९ रुपैयाँ लागत अनुमान गरिएको भवन ६ करोड १३ लाख ६० हजार ७ सय ३६ रुपैयाँ ९ पैसामा ठेक्का सम्झौता भएको थियो । रविना/आँशु /मल्लरानी जेभीले २०७९ मंसिर १५ मा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का लिएको थियो ।

नौबहिनी गाउँपालिकाले हाल भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ । भवन निर्माण भएपछि कार्यसम्पादनमा सुधार हुने आशा स्थानीयले गरेका छन् । लुम्बिनी प्रदेश अन्तर्गत साविकका गा।वि।स। स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर नौबहिनी गाउँपालिका बनेको छ । पालिकाको प्रमुख प्रशासकीय केन्द्रको सुन्दर र आर्कषक भवन निर्माणसँगै पालिकाबासीले सर्वसुलभ, छिटोछरितो सेवा पाउने आशा गरेका छन् । भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको पालिकाले अबदेखि आफ्नो नियमित कामहरु आफ्नै भवनबाट सञ्चालन गर्नेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...