News Portal

रेडियो सुन्नुहोस्

नेकपा प्यूठानद्धारा निर्वाचित जनप्रतिनिधिको भेला सम्पन्न

सिखबर संवाददाता१६ कार्तिक, प्यूठान
११०८ पटक
१६ कार्तिक, प्यूठान

नेपाल कम्यूनिष्ट पार्टीले प्यूठानस्थित पार्टीसम्वद्ध जनप्रतिनिधिहरुको भेला सम्पन्न गरेको छ। जनप्रतिनिधी र पार्टीको विचमा सम्वन्ध स्थापित गर्न र पार्टीको घोषणाअनुसार नितिनिर्मार्ण, विकासनिर्माण लगायतका कार्यहरु अगाडि वढाउने उद्धेश्यका साथ भेलाको आयोजना गरिएको नेकपा प्यूठानका कार्यदलका सदस्य नेता धनवहादुर रायमाझिले वताए।

विकास निर्माणको सवालमा जनताको अपेक्षा र विगतको निर्वाचनमा गरिएको प्रतिवद्धता र घोषणाको जगमा काम अगाडि वढाउने विषयमा छलफल भएको थियो। निर्वाचित जनप्रतिनिधीहरुले तत्काल पार्टीको तल्लो तहसम्मको कमिटी वनेपछी पार्टीसंगको समन्वयमा प्रभावकारी काम गर्न सकिने सुझाव दिएको रायमाझिले वताए।

तुलसिराम शर्माको अध्यक्षता र कृष्ण अधिकारी प्रकासकोे सञ्चालनमा सुरु भएको कार्यक्रमको प्रमुख अथिती नेपाल कम्यूनिष्ट पार्टीका स्थायि समिती सदस्य मणि थापा रहनुभएको थियो। विहिवार सम्पन्न भेलामा प्यूठान जिल्लावाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णध्वज खडका, जिल्ला समन्वय समितिका सदस्यहरु, गाउंपालीका तथा नगरपालीकाका प्रमुख, वर्डाअध्यक्ष लगायत नेकपा सम्वद्ध जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...