News Portal

रेडियो सुन्नुहोस्

फलफूल तथा तरकारी व्यवसायी संघद्धारा प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र

बिबश जि.एम२०८० असोज २४
१३५२ पटक
२०८० असोज २४

प्यूठान नगरबजार क्षेत्रभित्र अनाधिकृत रुपमा व्यापार व्यवसाय संचालन भइरहेको भन्दै फलफूल तथा तरकारी व्यवसायी संघ प्यूठानले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार फलफूल तथा तरकारी व्यवसायी संघ प्यूठानले चेरनेटा, क्वाडी, जुम्री, बिजुवार, मरन्ठाना, बाग्दुला, दम्ति, खप्रेङखोला लगायतका क्षेत्रमा खुल्ला रुपमा कृषिजन्य सामाग्री विक्री भइरहेको भन्दै व्यवस्थापन गर्न नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको फलफूल तथा तरकारी व्यवसायी संघ प्यूठानले जनाएको छ ।

 

व्यवसायीले नगरपालिका सहित विभिन्न निकायमा व्यवसायी दर्ता गर्नुेपर्ने भएपनि दर्ता नै नगरी नगरपालिकालाई चुनौती दिदै निर्वाध रुपमा व्यवसाय संचालन गर्दा जिल्लाका व्यवसायीहरुलाई असहज भएको जानकारी गराउदै ध्यानाकर्षण गराएको जिल्ला अध्यक्ष पदम बहादुर थापाको हस्ताक्षरितमा भनिएको छ ।

साथै नगर क्षेत्र वरिपरी भिडभाड हुने, जाथाभावी फोहोर हुँदा नगरको सौन्दर्यता घट्ने भएकाले यस्तो खालका सडक घुम्ति व्यापारीहरुलाई कानुन संवत ढंगले आफ्नो व्यवसाय संचालन गर्न पहल गरिदिन आग्रह समेत गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...