News Portal

रेडियो सुन्नुहोस्

तिहारको मुखमा किसानलाई गहुँ छर्ने चटारो, प्रविधि भित्रिँदा सहज

बिबश जि.एम२०८० कात्तिक १७
७३२ पटक
२०८० कात्तिक १७

तिहारको मुखमा किसानलाई यतिबेला गहुँ छर्ने चटारो परेको छ । प्यूठानको झिमरुक फाँट लगायतका स्थानमा गहुँ छर्न किसानलाई भ्याईनभ्याई छ । दशैको मुखका धान भित्राएका किसानलाई फेरि तिहार नजिकिदै गर्दा गहुँ छर्न व्यस्त देखिन्छन् । तर किसानलाई पहिले जस्तो ३/४ दिन भने लाग्दैन। पहिले गोरुले जोत्ने खेत अहिले थोरै समयमा एकैछिनमा मेसिन प्रयोग गरेर जोत्ने गर्छन्। प्रविधिको यूगमा प्रविधिले नै किसानलाई सहज बनाएको छ । पहिले खेतबारी जोत्न होस वा छर्न गोरु प्रयोग गर्ने गर्थे तर पछिल्लो समय भने किसानहरु प्रविधिको प्रयोग गरि ३/४ दिन लाग्ने काम अहिले केही छिनमै सक्काउने गरेका छन् । प्रविधिले छिटो सँगै फुर्सद तथा अन्य कामलाई पनि समयमा गर्न सक्ने समय मिलाएको छ । प्रविधिले काम गर्न सजिलो, छिटो गर्न र सुविधायूक्त बनाउँदा किसान पनि त्यसैमा मोहित भएका छन् ।


प्यूठान नगरपालिका –३ चक्रिबाङका शिब बहादुर कुमाल पहिले गोरुले खेत जोतेर गहुँ छर्थे । ३ रोपनीको जग्गामा गोरुले गहुँ छर्दा ४ देखि ५ दिन सम्म लगाउने गरेको शिब बहादुर बताउँछन् । तर अहिले ट्याक्टरको प्रयोग गरेर ५ दिन लाग्ने गहुँ छर्ने कामलाई ३० मिनेटमा सक्काउने गरेका छन् । पहिले समय धेरै लाग्थ्यो शिब बहादुरले भने,‘अहिले जिल्लामा प्रविधि भित्रिएपछि थोरै समयमा एउटा काम सक्काएर अरु काम गर्न पनि फुर्सद मिलेको छ ।’ उनले खेतमा गौतम जातको गहुँ लगाएका छन् ।


उनी मात्र होइन प्यूठान नगरपालिका –४ टारीकी सावित्रा नेपालीले पनि ट्याक्टरको प्रयोग गरेर नै गहुँ छरेकी छन् । उनको बारीमा पनि २ हल गोरुले २ दिन लगाउने गथ्र्यो । तर अहिले आधा घण्टामै उनलाई फुर्सद बनाएको छ । गोरुले गर्दा पहिले धेरै सयम लाग्नुको साथै दुःख समेत धेरै हुन्थ्यो साबित्राले भनिन्, ‘ट्याक्टरको सहायताले अहिले भने सजिलो गराएको छ ।, पहिलेको दिनमा धेरै ज्यालादारी लगाउनु पथ्र्यो, अहिले आफु एक्लै पनि गरिरहेको छु ।

ट्याक्टर साहुले ट्याक्टर प्रयोग गरेबापत किसानबाट एक मिनेटको ७० रुपैयाँ लिने गरेको छ । पहिले फाँटै भरी थरिथरीका गोरुहरु देखिन्थे तर अहिले फाँटमा फाट्टफुट्ट कहिकतै मात्र देखिने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...