News Portal

रेडियो सुन्नुहोस्

तिहारको मुखमा किसानलाई गहुँ छर्ने चटारो, प्रविधि भित्रिँदा सहज

बिबश जि.एम२०८० कात्तिक १७
४८१ पटक
२०८० कात्तिक १७

तिहारको मुखमा किसानलाई यतिबेला गहुँ छर्ने चटारो परेको छ । प्यूठानको झिमरुक फाँट लगायतका स्थानमा गहुँ छर्न किसानलाई भ्याईनभ्याई छ । दशैको मुखका धान भित्राएका किसानलाई फेरि तिहार नजिकिदै गर्दा गहुँ छर्न व्यस्त देखिन्छन् । तर किसानलाई पहिले जस्तो ३/४ दिन भने लाग्दैन। पहिले गोरुले जोत्ने खेत अहिले थोरै समयमा एकैछिनमा मेसिन प्रयोग गरेर जोत्ने गर्छन्। प्रविधिको यूगमा प्रविधिले नै किसानलाई सहज बनाएको छ । पहिले खेतबारी जोत्न होस वा छर्न गोरु प्रयोग गर्ने गर्थे तर पछिल्लो समय भने किसानहरु प्रविधिको प्रयोग गरि ३/४ दिन लाग्ने काम अहिले केही छिनमै सक्काउने गरेका छन् । प्रविधिले छिटो सँगै फुर्सद तथा अन्य कामलाई पनि समयमा गर्न सक्ने समय मिलाएको छ । प्रविधिले काम गर्न सजिलो, छिटो गर्न र सुविधायूक्त बनाउँदा किसान पनि त्यसैमा मोहित भएका छन् ।


प्यूठान नगरपालिका –३ चक्रिबाङका शिब बहादुर कुमाल पहिले गोरुले खेत जोतेर गहुँ छर्थे । ३ रोपनीको जग्गामा गोरुले गहुँ छर्दा ४ देखि ५ दिन सम्म लगाउने गरेको शिब बहादुर बताउँछन् । तर अहिले ट्याक्टरको प्रयोग गरेर ५ दिन लाग्ने गहुँ छर्ने कामलाई ३० मिनेटमा सक्काउने गरेका छन् । पहिले समय धेरै लाग्थ्यो शिब बहादुरले भने,‘अहिले जिल्लामा प्रविधि भित्रिएपछि थोरै समयमा एउटा काम सक्काएर अरु काम गर्न पनि फुर्सद मिलेको छ ।’ उनले खेतमा गौतम जातको गहुँ लगाएका छन् ।


उनी मात्र होइन प्यूठान नगरपालिका –४ टारीकी सावित्रा नेपालीले पनि ट्याक्टरको प्रयोग गरेर नै गहुँ छरेकी छन् । उनको बारीमा पनि २ हल गोरुले २ दिन लगाउने गथ्र्यो । तर अहिले आधा घण्टामै उनलाई फुर्सद बनाएको छ । गोरुले गर्दा पहिले धेरै सयम लाग्नुको साथै दुःख समेत धेरै हुन्थ्यो साबित्राले भनिन्, ‘ट्याक्टरको सहायताले अहिले भने सजिलो गराएको छ ।, पहिलेको दिनमा धेरै ज्यालादारी लगाउनु पथ्र्यो, अहिले आफु एक्लै पनि गरिरहेको छु ।

ट्याक्टर साहुले ट्याक्टर प्रयोग गरेबापत किसानबाट एक मिनेटको ७० रुपैयाँ लिने गरेको छ । पहिले फाँटै भरी थरिथरीका गोरुहरु देखिन्थे तर अहिले फाँटमा फाट्टफुट्ट कहिकतै मात्र देखिने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...