News Portal

रेडियो सुन्नुहोस्

भूकम्प प्रभावितका घर टहरा बनाउँदै : नेकपा एमाले प्यूठान

झुलेनी नेटवर्क२०८० मंसिर ११
६५५ पटक
२०८० मंसिर ११

भूकम्प पीडितहरुको सहयोगार्थ रुकुम पश्चिम पुगेको नेकपा एमाले प्यूठानको टोलीले भत्किएका संरचना हटाउन थालेको छ । नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज विष्टको नेतृत्वमा २२ जनाको टोली गत मंसिर ५ गते भूकम्प प्रभावित क्षेत्रमा पुगेको नेकपा एमाले प्यूठानले जनाएको छ । रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्र सानीभेरी गाउँपालिका ११ अर्मा बस्तीमा पुगेको टोलीले भूकम्पले पूर्ण रुपमा क्षति पुर्‍याएको घरहरुको भंग्नावशेष हटाई अस्थायी टहरा निर्माण गर्न थालेको छ ।

टोलीले ११ गतेसम्मको तथ्यांक अनुसार हालसम्म ६ वटा अस्थायी टहरा निर्माण गरिसकेको र ११ वटा पूर्ण रुपमा क्षति पुर्‍याएका घरहरुको भंग्नावशेष हटाईसकेको नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय विराज बिष्टले जानकारी दिए । बिष्टका अनुसार अहिले टोलीले ज्ञानज्योति आधारभूत विद्यालयलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनको लागि काम गरिरहेको छ । भूकम्पबाट प्रभावितको सहयोगार्थ रुकुमपश्चिम पुगेको टोली १९ गतेपछि मात्र प्यूठान फर्कने अध्यक्ष बिष्टले जानकारी दिए ।

कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षति भएको जाजरकोट र रुकुम पश्चिमका भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि श्रमदान गर्ने नेकपा एमाले प्यूठानले जनाएको छ । भूकम्पले क्षति पुर्‍याएको जाजरकोट र रुकुम पश्चिममा पुगेर नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लगायतका स्वयमसेवकहरुले अस्थायी टहरा निर्माण गर्नुका साथै भत्किएका संरचनाहरु हटाउने, पुरिएका सामानहरु निकाल्ने, विद्यालय पुनः निर्माण गर्ने लगायतका कामहरु गरिरहेको उनले बताए । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा एमालेले एक हजार एकसय स्वयंसेवक परिचालन गरेर पुनस्र्थापना र नवनिर्माणको काम गरिरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...