News Portal

रेडियो सुन्नुहोस्

भूकम्प प्रभावितका घर टहरा बनाउँदै : नेकपा एमाले प्यूठान

झुलेनी नेटवर्क२०८० मंसिर ११
५०० पटक
२०८० मंसिर ११

भूकम्प पीडितहरुको सहयोगार्थ रुकुम पश्चिम पुगेको नेकपा एमाले प्यूठानको टोलीले भत्किएका संरचना हटाउन थालेको छ । नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज विष्टको नेतृत्वमा २२ जनाको टोली गत मंसिर ५ गते भूकम्प प्रभावित क्षेत्रमा पुगेको नेकपा एमाले प्यूठानले जनाएको छ । रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्र सानीभेरी गाउँपालिका ११ अर्मा बस्तीमा पुगेको टोलीले भूकम्पले पूर्ण रुपमा क्षति पुर्‍याएको घरहरुको भंग्नावशेष हटाई अस्थायी टहरा निर्माण गर्न थालेको छ ।

टोलीले ११ गतेसम्मको तथ्यांक अनुसार हालसम्म ६ वटा अस्थायी टहरा निर्माण गरिसकेको र ११ वटा पूर्ण रुपमा क्षति पुर्‍याएका घरहरुको भंग्नावशेष हटाईसकेको नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय विराज बिष्टले जानकारी दिए । बिष्टका अनुसार अहिले टोलीले ज्ञानज्योति आधारभूत विद्यालयलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनको लागि काम गरिरहेको छ । भूकम्पबाट प्रभावितको सहयोगार्थ रुकुमपश्चिम पुगेको टोली १९ गतेपछि मात्र प्यूठान फर्कने अध्यक्ष बिष्टले जानकारी दिए ।

कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षति भएको जाजरकोट र रुकुम पश्चिमका भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि श्रमदान गर्ने नेकपा एमाले प्यूठानले जनाएको छ । भूकम्पले क्षति पुर्‍याएको जाजरकोट र रुकुम पश्चिममा पुगेर नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लगायतका स्वयमसेवकहरुले अस्थायी टहरा निर्माण गर्नुका साथै भत्किएका संरचनाहरु हटाउने, पुरिएका सामानहरु निकाल्ने, विद्यालय पुनः निर्माण गर्ने लगायतका कामहरु गरिरहेको उनले बताए । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा एमालेले एक हजार एकसय स्वयंसेवक परिचालन गरेर पुनस्र्थापना र नवनिर्माणको काम गरिरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...