News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा विश्व एड्स दिबसमा स्वास्थ्यकर्मी र समाजसेवी सम्मानित भए

झुलेनी नेटवर्क२०८० मंसिर १६
१०१२ पटक
२०८० मंसिर १६

समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ भन्ने मुल नाराका साथ ३६ औ विश्व एड्स दिवसका अवसरमा प्यूठानमा ३ जना स्वास्थ्यकर्मी र समाज सेवीलाई सम्मान गरिएको छ ।
शुक्रवार साझ प्यूठान अस्पतालको प्राङ्गणमा दिप प्रज्वलन गरि दिवस मनाउँदै एक कार्यक्रमका विच उनीहरुलाई सम्मान गरिएको हो ।
प्यूठान अस्पतालमा एच.आइ.भी संक्रमित आमाहरुलाई सुरक्षित मातृत्व सेवा पु¥याउँदै आएको भन्दै उत्कृष्ट सेवा प्रदान गर्ने नर्सिङ कर्मचारी मल्लरानी गाउँपालिका ४ निवासी गोमा श्रेष्ठलाई कदर पत्र सहित सम्मान गरिएको हो ।


एच.आइ.भी संक्रमितहरुको स्वास्थ्य सुरक्षामा प्रभाबकारी समन्वय र सहकार्य गर्ने कार्यमा निरन्तर कृयाशील रहेको भन्दै चँुजा स्वास्थ्य चौकी मल्लरानी गाउपालिका १ सोलहाल्नामा कार्यरत जनस्वास्थ्य निरीक्षक तिलकराम जैसी लाई उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मान गरिएको छ ।
त्यस्तै प्यूठान जिल्लामा एच.आईभी संक्रमीतहरुको मानवअधिकार र सामाजिक न्यायका पक्षमा वकालत एवं संक्रमित माथि हुने लाल्छना र विभेदका बिरुद्धमा जागरण अभियान तथा पैरवी गर्ने कार्यमा निरन्तर कृयाशील रहेको भन्दै प्यूठान प्लसका अध्यक्ष प्यूठान ऐरावती ५ निवासी सुर्य बहादुर रोकालाई उत्कृष्ट समाज सेवीको रुपमा सम्मान गरिएको हो ।


१९८८ मा नेपालमा एच.आई.भी संक्रमित देखा परेको यो रोगलाई रोगथामको लागी घरघरमा अभियान लैजादै उक्त रोग सामान्य हो भन्दै नयाँ संक्रमण हरुलाई शुन्यमा लैजान पहल गर्ने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पान्डेले बताए ।
हाल प्युठान जिल्लामा १३२ जना एच.आई.भी सकृय संक्रमितहरुले औषधी सेवन गर्दै आएको प्यूठान प्लसका कार्यक्रम संयोजक तपेन्द्र बि.क ले बताए ।


स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पान्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिती लुम्वीनी प्रदेस समानुपातीक तर्फकी सांसद् धनलक्ष्मी श्रेष्ठ रहेकी थिईन । प्यूठान अस्पतालको प्राङगणमा कोरिएको एड्सको लोगोमा प्रमुख अथिती श्रेष्ठले दिप प्रज्वलन गरि उद्घाटन गरेकी हुन् ।


कार्यक्रममा एच.आइ.भी एड्को क्षेत्रमा काम गर्दै आएका प्यूठान जिल्ला स्थित बिभिन्न संघसंस्था र प्रतिनिधिहरु को उपस्थित रहेको थियो । स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र र प्यूठान प्लसको समेत सहकार्य रहेको कार्यक्रमको संचालन मल्लरानी गा्रमीण बिकास सरोकार केन्द्र प्यूठानका कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...