News Portal

रेडियो सुन्नुहोस्

७ दिनभित्र भूक्तानी नदिए निर्माण व्यवसायी संघले कडा आन्दोलनको घोषणा गर्ने

झुलेनी नेटवर्क२०८० मंसिर १९
३७५ पटक
२०८० मंसिर १९

निर्माण व्यवसायी संघ प्यूठानले विगत ३ बर्षदेखि सम्पन्न गरेका विभिन्न योजनाहरुको कामको भूक्तानी नपाएको भन्दै प्रेस विज्ञप्ती निकालेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बिजुवार प्यूठानद्धारा प्यूठान जिल्लाभर विभिन्न योजनाहरुमा ठेक्का लगाई सम्पन्न भएका योजनाहरुको रकम भुक्तानी गरिदिनको लागि प्रक्रिया अघि बढाउदा समेत कुनै चासो नदिएको भन्दै निर्माण व्यवसायी संघ प्यूठानले सोमबार प्रेस विज्ञप्ती निकालेको हो ।

भूक्तानी दिने कुरामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले आलटाल गरी व्यवसायीलाई यो वा त्यो भनि विभिन्न बहानामा दुःख दिने भएकाले हाम्रो निर्माण व्यवसायी संघ प्यूठानको गम्भिर ध्यानाकर्षण छ, विज्ञप्तीमा भनिएको छ ।’ साथै ७ दिनभित्र भूक्तानी नदिए निर्माण व्यवसायी संघ थप कडा भन्दा कडा आन्दोलनको कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने पनि निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविन कुमार श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...