News Portal

रेडियो सुन्नुहोस्

वैदेशिक रोजगारबाट फर्किएका भण्डारी मौरीपालन व्यवसायमा

हरि प्रसाद भण्डारी२०८० कात्तिक २६
३५३ पटक
२०८० कात्तिक २६

विदेशमा लाखौ कमाउने गिरीराज भण्डारी नेपालमा आएर व्यवसायिक रुपमा मौरी पालन गर्दै आएका छन् । प्यूठानको प्यूठान नगरपालिका–४ टारीका गिरीराज भण्डारीले मौरी पालन गर्न थालेको करिब ४ बर्ष भयो । २ लाख लगानीबाट सुरु गरेको मौरी पालन व्यवसाय अहिले १० लाख बराबर पुगिसकेको उनी बताउँछन् । अहिले उनीसँग १ सय घार मेरिफेरा जातको मौरी छन्। विदेशको बसाई उनको मलेसिया ३ र दुवई १३ गरि १६ बर्ष बित्यो । थुप्रै सपना र धेरै धन कमाउने आशा बोकेर विदेशिएका गिरीराज अहिले आफ्नै देशमा केही गर्नुपर्छ भनेर मौरी पालन व्यवसाय गर्दै आएको बताउँछन ।

विदेशमा पनि राम्रै कमाई भएको थियो गिरीराजले भने, तर अर्काको देशमा बसेर काम गर्दा र घर परिवारसँगै बसेर काम गर्नुमा धेरै फरक अनुभूति भएको उनी सुनाउँछन्। परिवारको सल्लाहले नै विदेशको बसाई छोडेको हु,उनले भने । बार्षिक रुपमा अहिले ८ देखि ९ लाख सम्म कमाई हुने गरेको उनी बताउँछन् ।
मौरी पालन व्यवसाय अलिकति चुनौती भएको गिरीराज बताउँछन् । तर मौरी व्यवसायमा अलिकति आत्तियो भने यो व्यवसायबाट हात धुनुपर्ने वा पछि पर्नु पर्ने देखिन्छ गिरिराजले भने, ‘नआत्तिएर काम गरियो भने राम्रो हुन्छ, गत साल हामी सबै प्यूठानका मौरी पालन व्यवसायी नै सुन्यमा पुगेका थियौ ।

उनले विगत सम्झँदै भने, व्यवसाय राम्रो भएन भनेर छोडेर म पछि हटेको भए मेरो पहिलेको सबै लगानी नै डुब्थ्यो।’
मौरी चरन क्षेत्रको लागि विशेष गरी तोरी, फूलहरु, चिउरी बताउँने उनी बाह्रै महिना नहुने भएका कारण जिल्ला बाहिर लैजानु पर्ने उनको भनाई छ । चिसोमा यो बाँच्न नसक्ने भएका कारण पनि ६ महिना जिल्ला बाहिर कपिलबस्तु तिर लैजानु पर्छ उनले थपे । प्यूठान नगरपालिकाले गत साल ५० प्रतिशत अनुदानमा १ सय घार बराबर २ लाख रुपैयाँ दिएको थियो। उत्पादन भएका महले भनेजस्तो बजार नपाउँदा भने गिरीराज चिन्तित छन् ।

नगरपालिकाले बजार व्यवस्थापन गरिदिए आफुहरुले उत्पादन गरेका महले सहजै बजार पाउनेमा उनी आशावादी छन्।आफुले उत्पादन गरेको मह केही मात्रामा उनले दाङ, कपिलबस्तु लगायतका जिल्लामा बेच्दै आएको बताए । जिल्लामा मेरीफेरा र सेरिना गरी दुईजातको मौरी व्यवसायिक रुपमा पालन गर्दै आएको उनको भनाई छ । प्राय मानिसले चिनी राखेको मह भने पनि यो विशुद्ध अर्गानिक हुने उनले दाबी गर्छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...