News Portal

रेडियो सुन्नुहोस्

वैदेशिक रोजगारबाट फर्किएका भण्डारी मौरीपालन व्यवसायमा

हरि प्रसाद भण्डारी२०८० कात्तिक २६
८२३ पटक
२०८० कात्तिक २६

विदेशमा लाखौ कमाउने गिरीराज भण्डारी नेपालमा आएर व्यवसायिक रुपमा मौरी पालन गर्दै आएका छन् । प्यूठानको प्यूठान नगरपालिका–४ टारीका गिरीराज भण्डारीले मौरी पालन गर्न थालेको करिब ४ बर्ष भयो । २ लाख लगानीबाट सुरु गरेको मौरी पालन व्यवसाय अहिले १० लाख बराबर पुगिसकेको उनी बताउँछन् । अहिले उनीसँग १ सय घार मेरिफेरा जातको मौरी छन्। विदेशको बसाई उनको मलेसिया ३ र दुवई १३ गरि १६ बर्ष बित्यो । थुप्रै सपना र धेरै धन कमाउने आशा बोकेर विदेशिएका गिरीराज अहिले आफ्नै देशमा केही गर्नुपर्छ भनेर मौरी पालन व्यवसाय गर्दै आएको बताउँछन ।

विदेशमा पनि राम्रै कमाई भएको थियो गिरीराजले भने, तर अर्काको देशमा बसेर काम गर्दा र घर परिवारसँगै बसेर काम गर्नुमा धेरै फरक अनुभूति भएको उनी सुनाउँछन्। परिवारको सल्लाहले नै विदेशको बसाई छोडेको हु,उनले भने । बार्षिक रुपमा अहिले ८ देखि ९ लाख सम्म कमाई हुने गरेको उनी बताउँछन् ।
मौरी पालन व्यवसाय अलिकति चुनौती भएको गिरीराज बताउँछन् । तर मौरी व्यवसायमा अलिकति आत्तियो भने यो व्यवसायबाट हात धुनुपर्ने वा पछि पर्नु पर्ने देखिन्छ गिरिराजले भने, ‘नआत्तिएर काम गरियो भने राम्रो हुन्छ, गत साल हामी सबै प्यूठानका मौरी पालन व्यवसायी नै सुन्यमा पुगेका थियौ ।

उनले विगत सम्झँदै भने, व्यवसाय राम्रो भएन भनेर छोडेर म पछि हटेको भए मेरो पहिलेको सबै लगानी नै डुब्थ्यो।’
मौरी चरन क्षेत्रको लागि विशेष गरी तोरी, फूलहरु, चिउरी बताउँने उनी बाह्रै महिना नहुने भएका कारण जिल्ला बाहिर लैजानु पर्ने उनको भनाई छ । चिसोमा यो बाँच्न नसक्ने भएका कारण पनि ६ महिना जिल्ला बाहिर कपिलबस्तु तिर लैजानु पर्छ उनले थपे । प्यूठान नगरपालिकाले गत साल ५० प्रतिशत अनुदानमा १ सय घार बराबर २ लाख रुपैयाँ दिएको थियो। उत्पादन भएका महले भनेजस्तो बजार नपाउँदा भने गिरीराज चिन्तित छन् ।

नगरपालिकाले बजार व्यवस्थापन गरिदिए आफुहरुले उत्पादन गरेका महले सहजै बजार पाउनेमा उनी आशावादी छन्।आफुले उत्पादन गरेको मह केही मात्रामा उनले दाङ, कपिलबस्तु लगायतका जिल्लामा बेच्दै आएको बताए । जिल्लामा मेरीफेरा र सेरिना गरी दुईजातको मौरी व्यवसायिक रुपमा पालन गर्दै आएको उनको भनाई छ । प्राय मानिसले चिनी राखेको मह भने पनि यो विशुद्ध अर्गानिक हुने उनले दाबी गर्छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...