News Portal

रेडियो सुन्नुहोस्

ने.क.पा.(एमाले)को निश्कर्ष ः संकल्प यात्रा पुर्ण रुपमा सफल

झुलेनी नेटवर्क ५ पौष २०८० ,काठ्माण्डौं
३३६ पटक
५ पौष २०८० ,काठ्माण्डौं

नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पूर्ण रूपमा सफल भएको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बुधबार बसेको सचिवालयको अनौपचारिक बैठकले यात्राको समीक्षा गर्दै यात्रा पूर्णरुपमा सफल भएको निष्कर्ष निकालेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण नेता, कार्यकर्ता, सहयोगी शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेको छ ।

मध्यपहाडी यात्राको समीक्षा सहित धारणा सार्वजनिक गर्न विहिबार गर्ने भनिएको पत्रकार सम्मेलनको अघिको कार्यतालिका भने संशोधन भएको नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पत्रकार सम्मेलन पुस ८ गते दिउँसो एक बजेलाई सारिएको उहाँले बताउनुभयो । ८ गते दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गरेर यात्राको धारणा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...