News Portal

रेडियो सुन्नुहोस्

शुक्रवारे अन्तरक्रिया कार्यक्रममा कुँचो बनाउने तालिम

भुवन विश्वकर्मा२०८० पुष ६
७२२ पटक
२०८० पुष ६

रोज डायनमिक बोर्डिङ्ग स्कूलले शुक्रवारे अतिरिक्त कार्यक्रममा कुँचो बनाउने तालिम दिएको छ । बोर्डिङले तालिम कक्षा ४ र ५ का १५ जना विद्यार्थीलाई तालिम दिइएको रोज डायनमिक बोर्डिङ्ग स्कलका प्रधानाध्यापक गोबिन्द प्रसाद सुबेदीले जानकारी दिए । उनका अनुसार स्कुल र घरमा सरसफाई गर्नका लागि सजिलो हुने कुँचो सम्बन्धि तालिम दिइएको हो ।

यस अघिकोे शुक्रबारे कार्यक्रममा दुना, टपरी बनाउने तालिम दिइएको थियो । यस्ता सिप युक्त घरायसी प्रयोजनमा आउने खालको सामान बनाउने सिपलाई निरन्तर दिइने विद्यालयले जनाएको छ । बजारमा पैसा तिरेर कुँचो किन्नु भन्दा गाउँमा रहेको कच्चा पदार्थलाई प्रयोग गरि कुँचो बनाए पैसाको समेत बचत हुने र गाउँकै कच्चा पदार्थबाट बनेको सामान समेत बलियो हुने बताईको छ ।

पछिल्लो समय बजारका कृत्रिम सामानले गर्दा गाउँमा पाइने बाबियो, अमरिसो लगायतका कच्चा पदार्थलाई समेत असर गरिरहेको समयमा यस्तो सीपलाई उजागर गर्न तालिम दिइएको विद्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...