News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीको चौथो राष्ट्रपति रनिङशिल्ड महेन्द्र मा.विलाई

बिबश जि.एम२०८० पुष ८
२६६ पटक
२०८० पुष ८

मल्लरानी गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ३२ विधामा गत पुष ५ गतेदेखि सञ्चालन गरेको खेल प्रतियोगिता आज आइतबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । ८ स्वर्ण, ९ कास्य ४ रजत पदक प्राप्त गर्दै महेन्द्र माध्यमिक विद्यालय पहिलो, ६ स्वर्ण, ७ कास्य, ९ रजत पदक सहित भानुभक्त माध्यमिक विद्यालय दोस्रो र ६ स्वर्ण, २ कास्य, १ रजत पदक लिएर मल्लरानी बोर्डिङ तेस्रो भएको छ ।

पालिका भित्रका १३ विद्यालयहरुले कार्यक्रममा सहभागिता जनाएको मल्लरानी गाउँपालिकाले जनाएको छ । जिल्ला सदरमुका खलंगाको टुडिखेल मैदानमा ३ दिन सम्म चल्ने भनिएको रनिङशिल्ड १ दिन थप गरि ४ दिनसम्म सञ्चालन भएको मल्लरानी ४ का वडाध्यक्ष तथा खेल संयोजक कुमार श्रेष्ठले बताए। खेलप्रति यूवा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता भएको मल्लरानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले बताए। ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एमाले मल्लरानीको प्रथम बैठक सम्पन्न

नेकपा एमाले मल्लरानी गाउँ कमिटीको प्रथम बैठक मल्लरानी गाउँपालिका ४ मल्लरानी डाँडामा सम्पन्न भएको छ...

समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण: अधिकारी

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । सामाजिक...

रोल्पामा बोलेरो दुर्घटना, एकजनाकाे निधन

रोल्पाको सुनछहरी-६ फगाममा बोलेरो जिप दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको छ। लु १...

महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा...

५ देशका राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...