News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीको चौथो राष्ट्रपति रनिङशिल्ड महेन्द्र मा.विलाई

बिबश जि.एम२०८० पुष ८
७४८ पटक
२०८० पुष ८

मल्लरानी गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ३२ विधामा गत पुष ५ गतेदेखि सञ्चालन गरेको खेल प्रतियोगिता आज आइतबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । ८ स्वर्ण, ९ कास्य ४ रजत पदक प्राप्त गर्दै महेन्द्र माध्यमिक विद्यालय पहिलो, ६ स्वर्ण, ७ कास्य, ९ रजत पदक सहित भानुभक्त माध्यमिक विद्यालय दोस्रो र ६ स्वर्ण, २ कास्य, १ रजत पदक लिएर मल्लरानी बोर्डिङ तेस्रो भएको छ ।

पालिका भित्रका १३ विद्यालयहरुले कार्यक्रममा सहभागिता जनाएको मल्लरानी गाउँपालिकाले जनाएको छ । जिल्ला सदरमुका खलंगाको टुडिखेल मैदानमा ३ दिन सम्म चल्ने भनिएको रनिङशिल्ड १ दिन थप गरि ४ दिनसम्म सञ्चालन भएको मल्लरानी ४ का वडाध्यक्ष तथा खेल संयोजक कुमार श्रेष्ठले बताए। खेलप्रति यूवा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता भएको मल्लरानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले बताए। ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...