News Portal

रेडियो सुन्नुहोस्

पालुकाथान मन्दिरमा भक्तजनहरुको भिड

बोम बहादुर परियार२०८० पुष १०
१५० पटक
२०८० पुष १०

मंसिर शुक्ल पूर्णिमाको दिन लाग्ने पूर्वी प्यूठानको चुँजाठाटी बजार नजिकै रहेको पालुकाथान मन्दिरमा मंगलबार भजन, हनुमान नाँच, लोकभजन सँगै पालुको पुँजा गरिएको छ । मल्लरानी गाउँपालिका २ र ३ नं वडाको विचमा पर्ने उक्त पालुकाथान मन्दिर विगतका बर्षहरुमा भन्दा फरक तरिकाले पुँजाआजा गरिएको छ ।

पुँजामा भेडा, कुखुराको बली दिने प्रचलन रहिआएको पालुपुँजालाई यस बर्ष देखि हजारौं श्रर्दालु भक्तजनहरुको बीचमा सम्पन्न गरिएको छ । मंसिर शुक्ल पूर्णिमामा लाग्ने पालुको पुँजा हेर्न यस बर्ष प्यूठान र अर्घाखाँचीका मानिसहरुको भिडभाड थियो । भक्तजनहरु मेलामा निकै उत्साहितका साथ नाँच्दै रमाएका थिए । मन्दिरको छेउमै ट्री हाउस समेत निर्माण गरिएको हुँदा पर्यटकहरुको मन सहजै रुपमा लोभ्याएको छ ।


स्वर्गद्धारी मन्दिर दर्शन गरेर त्यहि बाटो हुँदै अर्घाखाँचीको सुपादेउराली जाने मानिसहरुलाई यस पालुकाथानमा पुग्नको लागि बाटोको ट्याक खुलाएको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए । पर्यटकलाई आकर्षण गर्नका लागि पूर्वाधारको विकास गरि पालुकाथान मन्दिरलाई व्यवस्थित गर्न आवश्यक रहेको अध्यक्ष खड्काले औल्याए ।


पहिले पहिले भेडा कुखुराको बली दिने, ध्वँजा भेटी चढाएर पुँजा गर्ने उक्त मन्दिरमा यस बर्ष देखि बेदपाठ, लोक भजन र हनुमान नचाउँदै पुँजाआजा गरिएको संस्थाका अध्यक्ष लेखनाथ पौडेलले बताए । परापूर्वकालमा पूर्खाहरुले भारतको पौडीबाट पालामा दियो बालेर आउँदा उक्त ठाउँमा त्यो दियो निभेको हुँदा पालुकाथान नामबाट मन्दिर स्थापना गरिएको उनले बताए ।

यस्तै दर्शन गर्न पुगेका मल्लरानी गाउँपालिका २ चुँजाका बल बहादुर के.सी ले आफ्नो जिवन कालमा पहिलोपटक पालुकाथान मन्दिरमा भजन कृतन सँगै पुँजाआजा गर्न पाएकोमा खुसी व्यक्त गरे । यस्तै मल्लरानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले आफु जन्मेपछि पहिलो पटक भव्य पुँजाआजा सँगै पालुकाथान पुँजा गरेको हेर्न पाएको सुनाए । मन्दिरमा हरेक जातजातिका मानिसहरुले पुँजा गर्न पाउने हुँदा समतामुलक मन्दिर रहेको पौडेलको भनाई छ ।


त्यस्तै स्थानीय राम प्रसाद पोख्रेल र मोती पौडेलले पालुकाथान मन्दिरमा पहिलेको भन्दा अहिलेको बर्ष भव्य मेला लागेको महसुस गरे । पूर्वी प्यूठान बासीहरुले इतिहासमा पहिलो पटक पालुकाथान मन्दिरमा ठूलो संख्यामा मानिसहरु जुटाएको पनि उनिहरुको भनाई थियो ।
पालुकाथान मन्दिरलाई धार्मिक र पर्यटन सँगै जोडेर अगाडी बढाउनुपर्ने स्थानीय इमानसिंह भारतीले बताए । ४० बर्षको अन्तरालपछि पालुकाथान मन्दिरमा दर्शन गर्न पाउँदा खुसी भएको पनि बताए । त्यस्तै मेलमा दर्शन गर्न पुगेका महेन्द्र मा.वि खलंगाका प्रधानाध्यापक पिताम्बर पौडेलले सानो छदा त्यस ठाउँमा गाई चराउँदाको अनुभव स्मरण गर्दै ४० बर्षपछि पालुको पुँजा गर्न पाउँदा निकै खुसी भएको बताए ।


पालुकाथान मन्दिरलाई कृषि पर्यटन, शिक्षासँग जोडेर अगाडी बढाउन सके पूर्वी प्यूठानको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भानुभक्त मा.वि बर्बाेटका प्रधानाध्यापक चक्रपाणी पौडेलले बताए । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान प्यूठानको टिम आफ्नो लोक भजन, हनुमान नाँच नचाउन पालुकाथान पुगेका थिए ।

पालुकाथान मन्दिर व्यवस्थापन समिति मल्लरानी गाउँपालिका वडा नं २ र ३ को सयूक्त आयोजनामा मल्लरानी गाउँपालिकाको विशेष सहयोग रहेको थियो । पालुकाथान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का रहेका थिए । त्यस्तै अतिथिहरु गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. प्रमिला खनाल,मल्लरानी गाउँपालिका २ का वडाध्यक्ष लेख बहादुर थापा, मल्लरानी ३ का वडाध्यक्ष नोमराज पौडेल, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

जेष्ठ १३ गतेदेखि आई.पि.भी खोप अभियान सञ्चालन हुँदै

जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ ।...

सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ...

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ...

शैक्षिक गुणस्तर अभिबृद्विका लागि विद्यालयस्तरमा अन्तरक्रिया

नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ...

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...