News Portal

रेडियो सुन्नुहोस्

पालुकाथान मन्दिरमा भक्तजनहरुको भिड

बोम बहादुर परियार२०८० पुष १०
१९६ पटक
२०८० पुष १०

मंसिर शुक्ल पूर्णिमाको दिन लाग्ने पूर्वी प्यूठानको चुँजाठाटी बजार नजिकै रहेको पालुकाथान मन्दिरमा मंगलबार भजन, हनुमान नाँच, लोकभजन सँगै पालुको पुँजा गरिएको छ । मल्लरानी गाउँपालिका २ र ३ नं वडाको विचमा पर्ने उक्त पालुकाथान मन्दिर विगतका बर्षहरुमा भन्दा फरक तरिकाले पुँजाआजा गरिएको छ ।

पुँजामा भेडा, कुखुराको बली दिने प्रचलन रहिआएको पालुपुँजालाई यस बर्ष देखि हजारौं श्रर्दालु भक्तजनहरुको बीचमा सम्पन्न गरिएको छ । मंसिर शुक्ल पूर्णिमामा लाग्ने पालुको पुँजा हेर्न यस बर्ष प्यूठान र अर्घाखाँचीका मानिसहरुको भिडभाड थियो । भक्तजनहरु मेलामा निकै उत्साहितका साथ नाँच्दै रमाएका थिए । मन्दिरको छेउमै ट्री हाउस समेत निर्माण गरिएको हुँदा पर्यटकहरुको मन सहजै रुपमा लोभ्याएको छ ।


स्वर्गद्धारी मन्दिर दर्शन गरेर त्यहि बाटो हुँदै अर्घाखाँचीको सुपादेउराली जाने मानिसहरुलाई यस पालुकाथानमा पुग्नको लागि बाटोको ट्याक खुलाएको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए । पर्यटकलाई आकर्षण गर्नका लागि पूर्वाधारको विकास गरि पालुकाथान मन्दिरलाई व्यवस्थित गर्न आवश्यक रहेको अध्यक्ष खड्काले औल्याए ।


पहिले पहिले भेडा कुखुराको बली दिने, ध्वँजा भेटी चढाएर पुँजा गर्ने उक्त मन्दिरमा यस बर्ष देखि बेदपाठ, लोक भजन र हनुमान नचाउँदै पुँजाआजा गरिएको संस्थाका अध्यक्ष लेखनाथ पौडेलले बताए । परापूर्वकालमा पूर्खाहरुले भारतको पौडीबाट पालामा दियो बालेर आउँदा उक्त ठाउँमा त्यो दियो निभेको हुँदा पालुकाथान नामबाट मन्दिर स्थापना गरिएको उनले बताए ।

यस्तै दर्शन गर्न पुगेका मल्लरानी गाउँपालिका २ चुँजाका बल बहादुर के.सी ले आफ्नो जिवन कालमा पहिलोपटक पालुकाथान मन्दिरमा भजन कृतन सँगै पुँजाआजा गर्न पाएकोमा खुसी व्यक्त गरे । यस्तै मल्लरानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले आफु जन्मेपछि पहिलो पटक भव्य पुँजाआजा सँगै पालुकाथान पुँजा गरेको हेर्न पाएको सुनाए । मन्दिरमा हरेक जातजातिका मानिसहरुले पुँजा गर्न पाउने हुँदा समतामुलक मन्दिर रहेको पौडेलको भनाई छ ।


त्यस्तै स्थानीय राम प्रसाद पोख्रेल र मोती पौडेलले पालुकाथान मन्दिरमा पहिलेको भन्दा अहिलेको बर्ष भव्य मेला लागेको महसुस गरे । पूर्वी प्यूठान बासीहरुले इतिहासमा पहिलो पटक पालुकाथान मन्दिरमा ठूलो संख्यामा मानिसहरु जुटाएको पनि उनिहरुको भनाई थियो ।
पालुकाथान मन्दिरलाई धार्मिक र पर्यटन सँगै जोडेर अगाडी बढाउनुपर्ने स्थानीय इमानसिंह भारतीले बताए । ४० बर्षको अन्तरालपछि पालुकाथान मन्दिरमा दर्शन गर्न पाउँदा खुसी भएको पनि बताए । त्यस्तै मेलमा दर्शन गर्न पुगेका महेन्द्र मा.वि खलंगाका प्रधानाध्यापक पिताम्बर पौडेलले सानो छदा त्यस ठाउँमा गाई चराउँदाको अनुभव स्मरण गर्दै ४० बर्षपछि पालुको पुँजा गर्न पाउँदा निकै खुसी भएको बताए ।


पालुकाथान मन्दिरलाई कृषि पर्यटन, शिक्षासँग जोडेर अगाडी बढाउन सके पूर्वी प्यूठानको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भानुभक्त मा.वि बर्बाेटका प्रधानाध्यापक चक्रपाणी पौडेलले बताए । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान प्यूठानको टिम आफ्नो लोक भजन, हनुमान नाँच नचाउन पालुकाथान पुगेका थिए ।

पालुकाथान मन्दिर व्यवस्थापन समिति मल्लरानी गाउँपालिका वडा नं २ र ३ को सयूक्त आयोजनामा मल्लरानी गाउँपालिकाको विशेष सहयोग रहेको थियो । पालुकाथान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का रहेका थिए । त्यस्तै अतिथिहरु गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. प्रमिला खनाल,मल्लरानी गाउँपालिका २ का वडाध्यक्ष लेख बहादुर थापा, मल्लरानी ३ का वडाध्यक्ष नोमराज पौडेल, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...