News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा आँखा जाँच शिविर सञ्चालन हुने

बिबश जि.एम२०८० पुस १२
६२९ पटक
२०८० पुस १२

झिमरुक गाउँपालिकामा आँखा रोग भएकाहरुका लागि आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानको आयोजना तथा झिमरुक गाउँपालिकाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन हुन लागेको हो ।

गाउँपालिका भित्र स्थायी बसोबास गर्दै आएका ४० बर्ष भन्दा माथिका व्यक्तिहरुका लागि आँखा शिविर सञ्चालन गर्न लागेको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन् । उनका अनुसार एक दिने निःशुल्क शिविरमा आँखा जाँच हुनेछ । साथै आँखा जाँचमा कुनै व्यक्तिमा मोतिविन्दु भेटिए पुस १९ गते बिजुवारमा रहेको आँखा अस्पतालमा आँखाको सल्यक्रिया गरिने जनाईएको छ ।

आँखा जाँच शिविर झिमरुक गाउँपालिका मच्छि बजारमा रहेको बालशिक्षा माध्यमिक विद्यालयको भवनमा हुने भएको छ । पुस १६ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म आँखा शिविर हुने पालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...