News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा आँखा जाँच शिविर सञ्चालन हुने

बिबश जि.एम२०८० पुस १२
८२५ पटक
२०८० पुस १२

झिमरुक गाउँपालिकामा आँखा रोग भएकाहरुका लागि आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानको आयोजना तथा झिमरुक गाउँपालिकाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन हुन लागेको हो ।

गाउँपालिका भित्र स्थायी बसोबास गर्दै आएका ४० बर्ष भन्दा माथिका व्यक्तिहरुका लागि आँखा शिविर सञ्चालन गर्न लागेको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन् । उनका अनुसार एक दिने निःशुल्क शिविरमा आँखा जाँच हुनेछ । साथै आँखा जाँचमा कुनै व्यक्तिमा मोतिविन्दु भेटिए पुस १९ गते बिजुवारमा रहेको आँखा अस्पतालमा आँखाको सल्यक्रिया गरिने जनाईएको छ ।

आँखा जाँच शिविर झिमरुक गाउँपालिका मच्छि बजारमा रहेको बालशिक्षा माध्यमिक विद्यालयको भवनमा हुने भएको छ । पुस १६ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म आँखा शिविर हुने पालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...