News Portal

रेडियो सुन्नुहोस्

स्थानीय र जनप्रतिनिधिद्धारा जुम्री खोला सरसफाई

झुलेनी नेटवर्क२०८० पुस १४
४३० पटक
२०८० पुस १४

शनिवार जुम्री खोलामा सरसफाई गरिएको छ । प्यूठान नगरपालिका ४ जुम्री खोल वरिपरी स्थानीय र जनप्रतिनिधिले सरसफाई गरेका छन् ।
प्यूठान नगरपालिकाको वडा नं–२, ३ र ४ हुँदै जुम्रीबजारको वरिपरी भएर बग्ने खोलाको स्थानीय समुदाय सहित जनप्रतिनिधिहरुले सरसफाई गरेको प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले जानकारी दिए ।

जुम्री खोलाको पर्यावरणलाई हराभरा र स्वच्छ बनाउन खोलामा आएका प्लास्टिक एवं फोहोरहरुलाई व्यवस्थित गरिएको छ । सरसफाई कार्यक्रममा प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्मा, नगरप्रवक्ता एवं वडा नं– ४ का वडाध्यक्ष सुमनराज श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष मोहन सिह बिस्ट लगायत गरि करिव १ सय जनाको उपस्थिति रहेको थियो । जुम्री बजारको सौन्दर्यता तथा व्यवस्थापन गर्नका निम्ति स्थानीयसँग हातेमालो गर्दै प्यूठान नगरपालिका अग्रसर हुने बताईएको छ ।

फोटो : मुक्ती प्रसाद शर्मा

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...