News Portal

रेडियो सुन्नुहोस्

स्थानीय र जनप्रतिनिधिद्धारा जुम्री खोला सरसफाई

झुलेनी नेटवर्क२०८० पुस १४
५३३ पटक
२०८० पुस १४

शनिवार जुम्री खोलामा सरसफाई गरिएको छ । प्यूठान नगरपालिका ४ जुम्री खोल वरिपरी स्थानीय र जनप्रतिनिधिले सरसफाई गरेका छन् ।
प्यूठान नगरपालिकाको वडा नं–२, ३ र ४ हुँदै जुम्रीबजारको वरिपरी भएर बग्ने खोलाको स्थानीय समुदाय सहित जनप्रतिनिधिहरुले सरसफाई गरेको प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले जानकारी दिए ।

जुम्री खोलाको पर्यावरणलाई हराभरा र स्वच्छ बनाउन खोलामा आएका प्लास्टिक एवं फोहोरहरुलाई व्यवस्थित गरिएको छ । सरसफाई कार्यक्रममा प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्मा, नगरप्रवक्ता एवं वडा नं– ४ का वडाध्यक्ष सुमनराज श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष मोहन सिह बिस्ट लगायत गरि करिव १ सय जनाको उपस्थिति रहेको थियो । जुम्री बजारको सौन्दर्यता तथा व्यवस्थापन गर्नका निम्ति स्थानीयसँग हातेमालो गर्दै प्यूठान नगरपालिका अग्रसर हुने बताईएको छ ।

फोटो : मुक्ती प्रसाद शर्मा

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...