News Portal

रेडियो सुन्नुहोस्

निम्न बर्गका व्यक्तिहरुको स्वास्थ्य वीमा गरिने : अर्थमन्त्री मास्की

झुलेनी नेटवर्क२०८० पुस १५
७०१ पटक
२०८० पुस १५

लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले निम्न बर्गका व्यक्तिहरुको स्वास्थ्य वीमा गराईदिने आश्वासन दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्र प्यूठान नगरकमिटीले आयोजना गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री मास्कीले लुम्बिनी प्रदेशमा रहेका १२ वटै जिल्लामा यस्तो कार्यक्रम लिने बताएका हुन् । स्वास्थ्य नै धन भएको बताउँदै मन्त्री मास्कीले स्वास्थ्य क्षेत्रलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए ।

नगरकमिटी अध्यक्ष बिष्णु बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्की, अभियानका जिल्ला इन्चार्ज निर्मल आचार्य, पार्टी जिल्ला संयोजक नमराज अधिकारी, प्रदेश कमिटी सचिवालय सदस्य प्रभात के।सी, उमा शर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरकमिटी सचिव सुमनराज श्रेष्ठले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...