News Portal

रेडियो सुन्नुहोस्

प्रहरी परिवारलाई च्याउँ खेती तालिम

झुलेनी नेटवर्क२०८० पुस १६
२६४ पटक
२०८० पुस १६

प्यूठानमा प्रहरीका कर्मचारीहरुका लागि च्याउँ खेती सम्बन्धी तालिम दिईएका छ । आइतबार एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको सहजिकरणमा प्रहरी कर्मचारीहरुको परिवारलाई च्याउँ खेती तालिम दिईएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

सिताके च्याउँ खेती तालिम नमुनाको रुपमा जिल्लामा पहिलोपटक सञ्चालन गरिएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठको भनाई छ । साथै तालिम प्रभावकारी भएको खण्डमा आगामी दिनमा निरन्तर विस्तार गर्ने लक्ष्य रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नायव उपरिक्षक इश्वर थापाले सीपमुलक तालिम प्रहरी कर्मचारीको लागि आवश्यक भएको बताए । यस्तो तालिमले प्रहरी कर्मचारीहरुका परिवारहरुलाई आयआर्जन तथा आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउँदै प्रहरी कर्मचारी परिवारवीच पारस्परिक सद्भाव र मनोसामाजिक स्वास्थ्य प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।

तालिममा कृषि अधिकृत केशवराज खनाल र कृषि प्रशिक्षक आमोश चौधरीबाट प्रशिक्षण गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पूर्णिमाको अवसरमा प्यूठानका बिभिन्न ठाउँमा मेला लाग्दै

पूर्णिमाको अवसरमा आज प्यूठानका विभिन्न स्थानमा मेला लाग्दैछ। प्यूठान नगरपालिकाको बखडी मेला, बेलपत्रस्वर महादेब मन्दिर...

नौबहिनीमा आज स्थानीय बिदा

नौबहिनी गाउँपालिकाले कोजाग्रत पूर्णिमामा स्थानीय बिदा दिएको छ। अध्यक्ष स्तरिय निर्णय अनुसार स्थानीय बिदा दिईएको...

सामाजिक समस्या बुझ्न प्रजिअ गाउँमा 

प्यूठान,  जिल्लाका ग्रामीण क्षेत्रमा  भइरहेका सामाजिक समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले स्थानीयसँग छलफल...

राष्ट्रपतिको शुभकामना: स्थायित्व, सुशासन र समृद्धिको कामना

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका...

कता फर्किएर लगाउने दशैंको टीका ? ८:३३ मा देवि विसर्जनपछि लगाउन सकिने

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो...