News Portal

रेडियो सुन्नुहोस्

प्रहरी परिवारलाई च्याउँ खेती तालिम

झुलेनी नेटवर्क२०८० पुस १६
६२१ पटक
२०८० पुस १६

प्यूठानमा प्रहरीका कर्मचारीहरुका लागि च्याउँ खेती सम्बन्धी तालिम दिईएका छ । आइतबार एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको सहजिकरणमा प्रहरी कर्मचारीहरुको परिवारलाई च्याउँ खेती तालिम दिईएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

सिताके च्याउँ खेती तालिम नमुनाको रुपमा जिल्लामा पहिलोपटक सञ्चालन गरिएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठको भनाई छ । साथै तालिम प्रभावकारी भएको खण्डमा आगामी दिनमा निरन्तर विस्तार गर्ने लक्ष्य रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नायव उपरिक्षक इश्वर थापाले सीपमुलक तालिम प्रहरी कर्मचारीको लागि आवश्यक भएको बताए । यस्तो तालिमले प्रहरी कर्मचारीहरुका परिवारहरुलाई आयआर्जन तथा आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउँदै प्रहरी कर्मचारी परिवारवीच पारस्परिक सद्भाव र मनोसामाजिक स्वास्थ्य प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।

तालिममा कृषि अधिकृत केशवराज खनाल र कृषि प्रशिक्षक आमोश चौधरीबाट प्रशिक्षण गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...