News Portal

रेडियो सुन्नुहोस्

प्रहरी परिवारलाई च्याउँ खेती तालिम

झुलेनी नेटवर्क२०८० पुस १६
५१७ पटक
२०८० पुस १६

प्यूठानमा प्रहरीका कर्मचारीहरुका लागि च्याउँ खेती सम्बन्धी तालिम दिईएका छ । आइतबार एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको सहजिकरणमा प्रहरी कर्मचारीहरुको परिवारलाई च्याउँ खेती तालिम दिईएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

सिताके च्याउँ खेती तालिम नमुनाको रुपमा जिल्लामा पहिलोपटक सञ्चालन गरिएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठको भनाई छ । साथै तालिम प्रभावकारी भएको खण्डमा आगामी दिनमा निरन्तर विस्तार गर्ने लक्ष्य रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नायव उपरिक्षक इश्वर थापाले सीपमुलक तालिम प्रहरी कर्मचारीको लागि आवश्यक भएको बताए । यस्तो तालिमले प्रहरी कर्मचारीहरुका परिवारहरुलाई आयआर्जन तथा आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउँदै प्रहरी कर्मचारी परिवारवीच पारस्परिक सद्भाव र मनोसामाजिक स्वास्थ्य प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।

तालिममा कृषि अधिकृत केशवराज खनाल र कृषि प्रशिक्षक आमोश चौधरीबाट प्रशिक्षण गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...