News Portal

रेडियो सुन्नुहोस्

नगरपालिकाको काम कारबाहीबारे चासो, गुनासो र प्रश्न

हेमन्त पाठक२०८० पुस १७
४६६ पटक
२०८० पुस १७

नागरिक अभियान प्यूठानको आयोजनामा केहुदैछ ? के भैइरहेको छ, चासो गुनासो र प्रस्न सहितको विशेष कार्यक्रम मंगलबार प्यूठान नगरपालिकाका जनप्रतिनिधिहरुसंग नागरिक अभियान प्यूठानले नगरपालिकाको काम कारबाहीबारे चासो, गुनासो र प्रश्न सहितको सम्बाद कार्यक्रम गरेको छ । प्युठान नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई राखेर विभिन्न विषयबस्तुमा प्रश्न गरेको थियो ।

अभियानले पालिकाले बिगतमा कार्यान्वयन गरिएको आयोजनाका कामहरुको तस्बिरहरु सहित अवस्था उल्लेख गर्दै जनप्रतिनिधिसंग जवाफ मागेको थियो । पालिका भित्रको स्वास्थय, शिक्षा, रोजगार तथा फोहोर ब्यवस्थापन, जग्गा वर्गीकरण, खेल मैदान ब्यबस्थापन लगायत अन्य विषय बस्तुमा समेत सहभागीले प्रश्न, जिज्ञासा राख्दै नगर पालिकाको जनप्रतिनिधिलाई सुझाब समेत दिएका छन् ।

कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर योगीले कार्यक्रमले पालिकाको काम कारबाहीलाई चुस्त बनाउन महत्वपूर्ण सुझाब मिलेको बताए । नगरप्रमुख योगीले पालिकाले संचालन गर्ने योजनाको आफ्नो समुदायमा भएको कामको प्रत्यक्ष रुपमा अनुगमन गर्न समेत आग्रह गरेका छन् ।

नगर उपप्रमुख देबेन्द्र वर्माले कतिपय प्रदेश र संघीय सरकारले गर्ने काममा पालिकालाई जानकारी नदिने गरेको भन्दै आगामी दिनमा त्यस्ता योजनाको विषयमा समेत पालिकाले चासो दिने तर्क गरे । प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले पालिकाको योजना कार्यान्वयन गर्न आफुले पहल गर्ने बताए ।

अभियानका संयोजक सुमन सुबेदीले पालिकाको कामलाई वाह भन्न पाउने गरि काम होस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...