News Portal

रेडियो सुन्नुहोस्

नगरपालिकाको काम कारबाहीबारे चासो, गुनासो र प्रश्न

हेमन्त पाठक२०८० पुस १७
६९८ पटक
२०८० पुस १७

नागरिक अभियान प्यूठानको आयोजनामा केहुदैछ ? के भैइरहेको छ, चासो गुनासो र प्रस्न सहितको विशेष कार्यक्रम मंगलबार प्यूठान नगरपालिकाका जनप्रतिनिधिहरुसंग नागरिक अभियान प्यूठानले नगरपालिकाको काम कारबाहीबारे चासो, गुनासो र प्रश्न सहितको सम्बाद कार्यक्रम गरेको छ । प्युठान नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई राखेर विभिन्न विषयबस्तुमा प्रश्न गरेको थियो ।

अभियानले पालिकाले बिगतमा कार्यान्वयन गरिएको आयोजनाका कामहरुको तस्बिरहरु सहित अवस्था उल्लेख गर्दै जनप्रतिनिधिसंग जवाफ मागेको थियो । पालिका भित्रको स्वास्थय, शिक्षा, रोजगार तथा फोहोर ब्यवस्थापन, जग्गा वर्गीकरण, खेल मैदान ब्यबस्थापन लगायत अन्य विषय बस्तुमा समेत सहभागीले प्रश्न, जिज्ञासा राख्दै नगर पालिकाको जनप्रतिनिधिलाई सुझाब समेत दिएका छन् ।

कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर योगीले कार्यक्रमले पालिकाको काम कारबाहीलाई चुस्त बनाउन महत्वपूर्ण सुझाब मिलेको बताए । नगरप्रमुख योगीले पालिकाले संचालन गर्ने योजनाको आफ्नो समुदायमा भएको कामको प्रत्यक्ष रुपमा अनुगमन गर्न समेत आग्रह गरेका छन् ।

नगर उपप्रमुख देबेन्द्र वर्माले कतिपय प्रदेश र संघीय सरकारले गर्ने काममा पालिकालाई जानकारी नदिने गरेको भन्दै आगामी दिनमा त्यस्ता योजनाको विषयमा समेत पालिकाले चासो दिने तर्क गरे । प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले पालिकाको योजना कार्यान्वयन गर्न आफुले पहल गर्ने बताए ।

अभियानका संयोजक सुमन सुबेदीले पालिकाको कामलाई वाह भन्न पाउने गरि काम होस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...