News Portal

रेडियो सुन्नुहोस्

बर्द बहादुर गणले मनायो राष्ट्रिय एकता दिवस

झुलेनी नेटवर्क२०८० पुस २७
५४३ पटक
२०८० पुस २७

प्यूठानमा रहको बर्द बहादुर गणले ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । दिवसको सन्दर्भमा राष्ट्रिय अपांग सेवा संघ प्यूठान मार्फत सञ्चालीत अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न तथा कम्बल प्रदान गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरेर खाद्यान्न तथा कपडा वितरण गरेको हो । जाडोको समयमा विद्यार्थीहरुलाई सहजहोस भनेर ५० हजार रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न प्रदान गरिएको बर्द बहादुर गण खलंगा व्यारेकका गणपति रमेश थापाले बताए । जनहित कार्यक्रम अन्तर्गत कार्यक्रम गरिएको थापाले जानकारी दिए । साथै पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जीसी, मल्लरानी गाउँपालिकाका प्रमुख कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी नारायण अर्याल लगायतले ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...