News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सञ्जालमा टीकाटिप्पणी भएपछि लालीगुँरास सहकारीको ध्यानाकर्षण

झुलेनी नेटवर्क२०८० माघ ०३
४८५ पटक
२०८० माघ ०३

लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड मल्लरानी –३ सालठाँटीको कार्यालयमा चोरी भएको बिषयमा विभिन्न टीकाटिप्पणी आएको भन्दै संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थाले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संस्थाका अध्यक्ष यम प्रसाद पाण्डेयद्धारा हस्ताक्ष्रित विज्ञप्तिमा भनिएको छ – यस लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०८०÷०६÷१४ गते राति को समयमा सहकारी तोडफोड गरी १ लाख ६२ हजार नगद चोरी भएको विषयलाई लिएर सामाजिक संजाल फेसबुक, टइुटर र म्यासेन्जर बाट यस सहकारीको सञ्चालकप्रति गैर जिम्मेवारी ढङ्गबाट विभिन्न व्यक्तिहरुले टीकाटिप्पणी, गालीगलौच र तुच्छ शब्द प्रयोग भएको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । यस विषयमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला, प्रहरीलाई जनकारी गराएको र प्रहरीले अनुसन्धान गरिरहेको हामीलाई जानकारी गराएको छ । यो घटना बाट हामी अत्यन्तै दुखि भएका छौ । संस्थाले चोर पत्ता लगाई कानुनी दायरामा ल्याई हदै सम्मको कार्बाहीको लागि सबैले आ–आफ्नो ठाउँ बाट सहयोग गर्न समेत अध्यक्ष एम प्रसाद पाण्डेयको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

असोज १४ गते राती मल्लरानी– ३ सालठाँटी स्थित संस्थाको कार्यालयमा तोडफोड गरी कार्यालयमा भएको करिब नगद १ लाख ५० हजार र एक हजारका पुराना नोटहरु समेत चोरी भएकोे थियो । प्रहरीले संस्थाको कार्यालय तोडफोड गरी चोरी गर्ने व्यक्तिको खोजी भइरहेको बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...