News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सञ्जालमा टीकाटिप्पणी भएपछि लालीगुँरास सहकारीको ध्यानाकर्षण

झुलेनी नेटवर्क२०८० माघ ०३
७०२ पटक
२०८० माघ ०३

लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड मल्लरानी –३ सालठाँटीको कार्यालयमा चोरी भएको बिषयमा विभिन्न टीकाटिप्पणी आएको भन्दै संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थाले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संस्थाका अध्यक्ष यम प्रसाद पाण्डेयद्धारा हस्ताक्ष्रित विज्ञप्तिमा भनिएको छ – यस लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०८०÷०६÷१४ गते राति को समयमा सहकारी तोडफोड गरी १ लाख ६२ हजार नगद चोरी भएको विषयलाई लिएर सामाजिक संजाल फेसबुक, टइुटर र म्यासेन्जर बाट यस सहकारीको सञ्चालकप्रति गैर जिम्मेवारी ढङ्गबाट विभिन्न व्यक्तिहरुले टीकाटिप्पणी, गालीगलौच र तुच्छ शब्द प्रयोग भएको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । यस विषयमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला, प्रहरीलाई जनकारी गराएको र प्रहरीले अनुसन्धान गरिरहेको हामीलाई जानकारी गराएको छ । यो घटना बाट हामी अत्यन्तै दुखि भएका छौ । संस्थाले चोर पत्ता लगाई कानुनी दायरामा ल्याई हदै सम्मको कार्बाहीको लागि सबैले आ–आफ्नो ठाउँ बाट सहयोग गर्न समेत अध्यक्ष एम प्रसाद पाण्डेयको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

असोज १४ गते राती मल्लरानी– ३ सालठाँटी स्थित संस्थाको कार्यालयमा तोडफोड गरी कार्यालयमा भएको करिब नगद १ लाख ५० हजार र एक हजारका पुराना नोटहरु समेत चोरी भएकोे थियो । प्रहरीले संस्थाको कार्यालय तोडफोड गरी चोरी गर्ने व्यक्तिको खोजी भइरहेको बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...