News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी पातचौरका स्थानीय बिजुली बत्ती माग्दै विद्युत कार्यालयमा

झुलेनी नेटवर्क२०८० माघ १२
४८९ पटक
२०८० माघ १२

पोल, तार पुर्‍याएको लामो समय सम्म पनि बिजुली बाल्न ढिलाई गरेको भन्दै स्थानीय शुक्रबार नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रमा डेलिकेशन आएका छन् । प्यूठानको दुर्गम मानिने नौबहिनी ७ पातचौर क्षेत्रका स्थानीय वडाका निर्वाचित जनप्रतिनिधि लिएर बिजुली बत्ती चाडो जडान गर्न भन्दै नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रको कार्यालय नयाँबजार जुम्रीमा डेलिकेशन आएका हुन् ।

कार्यालयमा धेरै पटक अनुरोध गर्दा पनि विद्युत बाल्नका लागि तत्परता नदेखाएपछि स्थानीय आक्रोशित भएर डेलिकेशन आएको वडाध्यक्ष रोमबहादुर बुढाथोकीले बताए । उनका अनुसार विद्युत बाल्न भन्दै २०७० साल देखि विद्युतको काम सुरु भएको थियो । अझै बिजुली बत्ती बलेको छैन् । वडाको पातचौर, पोखरा, स्याउले, खाल, न्यानलखोला, थात्रा लगायत बस्तिका झन्डै २ सय घरधुरी बिजुली बाल्नबाट बन्चित भएका छन् ।

यस क्षेत्रका सबै बस्तिमा बिजुली बाल्न ठेक्का गरिएका काम अधुरा भएकाले बत्ती बाल्न समस्या भएको नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले बताए । डेलिकेशन आएका स्थानीयलाई केहि दिनमा नै बिजुली बत्ती बाल्ने प्रतिबद्धता गरेर कार्यालयले पठाएको छ । पोल, तार भइसकेकाले ट्रान्समिटर लगेर एक, दुई दिनमै त्यस क्षेत्रमा आफै जाने योजना बनाएको दासले बताए । ‘ट्रान्समिटर लिएर भोली नै पातचौरको पोखरा जाने योजना बनाएका छौ,’उनले भने, ‘एकहप्ता भित्र बिजुली बाल्ने गरी भोलीबाटै काम सुरु गर्दैछौ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...