News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु

बिबश जि.एम२०८० माघ १९
७६२ पटक
२०८० माघ १९

प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा शुक्रबार खेलकुदको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापाले खेल एउटा विद्यालय र जिल्लाको मात्र नभई सिंगो देशको गहना भएको बताए । खेलमा अनुसाशन आवश्यक हुने थापाले बताए । खेलका लागि खेल मैदान आवश्यक हुने भएकाले यसको पूर्वाधार विकास गर्न आफु लागि पर्ने बताएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद धन लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सि, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्यालले शुभकामना मन्तव्य राखेमा थिए ।

प्रतियोगितामा ३ संस्थागत र ११ सामुदायिक गरी १४ विद्यालय सहभागि भएका छन् । ५ विधामा सञ्चालन हुने प्रतियोगितामा २४ वटा खेल समावेस गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख बिष्णु बहादुर योगिको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले गरेका थिए भने कार्यक्रमको सञ्चालन नगरप्रमुखको स्वकीय सचिव पुष्कर शर्माले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...