News Portal

रेडियो सुन्नुहोस्

फाईजर-बायोएनटेक खोप दिने सम्बन्धी सञ्चारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम

बिबश जि.एम२०८० माघ २२
४५४ पटक
२०८० माघ २२

स्वास्थ्य कार्यालय प्यूठानले फाईजर-बायोएनटेक खोप दिने सम्बन्धी सञ्चारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार स्वास्थ्य कार्यालयको सभाहलमा कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा १२ बर्ष माथीकाका लागि फाईजर–बायोएनटेक खोपको परिचय, खोप भण्डारण तथा जीवन अवधि, जनशक्ति परिचालन, खोप दिने आधार, अभियान सञ्चालन अवधि र चरण, खोप लगाउन नहुने अवस्था, खोप केन्द्र निर्धारण लगायतको बारेमा जानकारी गराईएको थियो ।

जर्मनद्धारा नेपाललाई प्राप्त भएको फाईजर–बायोएनटेक खोप जिल्लामा ४१ हजार आएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरिक्षक कोशल राज वैद्यले जानकारी गराएका छन् । उनका अनुसार खोप सोमबार ९ वटै स्थानीय तहमा पुर्‍याईएको र मंगलबार भोलि साँझ सम्म सबै स्वास्थ्य संस्थामा पुग्ने छन् । यहि माघ २४ गतेदेखि २८ गतेसम्म देशैभर एकसाथ खोप लगाउन लागिएको पनि बताईएको छ ।

नागरिकहरुले आ–आफ्नो नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनु हुन समेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप केन्द्र रहने स्थानको जानकारी स्थानीय स्वास्थ्य संस्थाबाट प्राप्त गर्न सकिने बताउँदै खोप लगाउन जाँदा यसअघि खोप लगाएको खोप कार्ड अनिवार्य लिएर जान समेत कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...