News Portal

रेडियो सुन्नुहोस्

सहिद पार्कमा भौतिक संरचना थपिदै

बिबश जि.एम२०८० फागुन ९
३७६ पटक
२०८० फागुन ९

प्यूठान गनरपालिका ७ गाजुरीमा रहेको सहिद स्मृति पार्कको निर्माण कार्य भइरहेको छ । थप व्यवस्थित गरि पर्यटकलाई मनमोहक तरिकाले भित्र्याउन विभिन्न संघसंस्था, स्थानीय तह, पर्यटन बोर्ड, प्रदेश सरकार, उद्योग बाणिज्य संघ लगायतको लगानीमा शहीद स्मृति पार्कमा भौतिक संरचना निर्माण गर्न लागिएको हो । केहि भौतिक संरचना निर्माण भइसकेका छन, भने केहि निर्माणाधिन छन् ।

पार्कमा अहिले क्यान्टिन, गार्ड भवन, शौचालय, गेट, टिकट काउन्टर र २ वटा पार्क निर्माण भइरहेको छ । सघन सहरी तथा भवन निर्माण कार्यालय घोराहीले ३ करोड ७९ लाख लागतमा हाल थप भौतिक संरचना निर्माण भइरहको छ । यसको लागि निर्माणको जिम्मा महेश इन्जिनियरिङ एण्ड विल्डर्स, सत्यवति कन्स्ट्रकस्न प्रा.लिले जिम्मा लिएको छ ।

आर्थिक बर्ष २०८०/०८१ भित्र निर्माण कार्य सकिने गरी गत भदौ देखि कार्य सुरु भएको सत्यवती कन्ट्रस्क्सन प्रा.लि का इन्जिनियर विवेक वलीले बताए । उनका अनुसार ९० प्रतिशत कार्य सम्पन्न भएको छ । पार्क निर्माणका लागि प्यूठान उद्योग बाणिज्य संघले २० लाख रुपैयाँ सहयोग गरेको संघका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार २०७४ सालको प्यूठान महोत्सवबाट आम्दानी भएको रकम पार्कमा लगानी गरिएको हो ।

यस्तै पार्क निर्माणको लागि आर्थिक बर्ष २०७६/०७७ मा प्रदेश सरकार र प्यूठान नगरपालिकाले ७० लाख रुपैयाँ खर्च भएको प्यूठान नगरपालिकाले जनाएको छ । यस्तै चालु आर्थिक बर्ष २०८०/०८१ को लागि प्यूठान नगरपालिका ७ वडाबाट ५ बिनियोजना भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...