News Portal

रेडियो सुन्नुहोस्

गठबन्धन पछि नवनियुक्त ३ मन्त्रीले लिए शपथ

झुलेनी नेटवर्क२०८० फागुन २१
३४६ पटक
२०८० फागुन २१

नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग मन्त्री पदको शपथ लिएका हुन् ।

तीनै जनाको मन्त्रालय भने अझै तोकिएको छैन । गृह मन्त्रालयमा एमाले र रास्वपा दुवैले दाबी गरेका छन् । यस्तै एमाले र माओवादीबीच केन्द्रदेखि प्रदेशसम्मका सरकारमा सहकार्य गरेर जाने सहमति भएको छ भने अब देखि केन्द्रसँगै विभिन्न प्रदेशमा पनि सरकार फेरिने सम्भावना समेत बढेको छ । केन्द्रमा भने आधा–आधा समय सरकारको नेतृत्व गर्ने एमाले र माओवादीले सहमति गरेका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएपछि अहिलेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर नयाँ गठबन्धन बनेको हो ।

यस्तै नयाँ गठबन्धन बने पश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसबाट बनेका सबै मन्त्रीलाई हटाएका छन् । प्रचण्डले सोमबार  दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ गठबन्धन बनाएको र मन्त्रीहरू हटाएको जानकारी दिएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...