News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा मेलमिलाप कर्ताहरुलाई सामाग्री वितरण

झुलेनी नेटवर्क२०८० फागुन २७
५५२ पटक
२०८० फागुन २७

नौबहिनी गाउँपालिकामा न्यायिक समितिका मेलमिलापकर्ताको लागि चाहिने सामाग्री वितरण गरिएको छ । आइतबार नौबहिनी गाउँपालिका न्यायिक समितिको आयोजनामा भएको एक कार्यक्रमकावीच मेलमिलाप कर्ताहरुलाई सामाग्री वितरण गरेको नौबहिनी गाउँपालिकाले जनाएको छ ।

जनतालाई प्रत्यक्ष रुपमा न्यायको अनुभुति गराउनको लागि र न्याय सम्बन्धीका काम कारवाहीलाई प्रभावकारी बनाउनको लागि झोला, डायरी, ऐन नियमका नियमहरुको नोट, संविधानका किताब, न्याय सम्बन्धी बनाईएका विभिन्न कार्यविधिको नोट लगायतका सामाग्री दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए । उनका अनुसार न्यायिक सम्बन्धी मेलमिलाप कर्ताहरुका लागि यस अघि पुष १० गते ४८ घण्टे आधारभुत तालिम दिईएको थियो ।

स–साना कलह तथा लडाई झगडाका विषयहरु वडा तथा पालिकामा नै मेलमिलापको माध्यमबाट समाधान गर्ने उद्देश्यका साथ न्यायीक समिति बनाईएको गाउँपालिकाले जनाएको छ । पालिकामा फछ्र्यौट हुन नसक्ने विषयहरु जिल्लामा पठाउने पालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...