News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा मेलमिलाप कर्ताहरुलाई सामाग्री वितरण

झुलेनी नेटवर्क२०८० फागुन २७
९५ पटक
२०८० फागुन २७

नौबहिनी गाउँपालिकामा न्यायिक समितिका मेलमिलापकर्ताको लागि चाहिने सामाग्री वितरण गरिएको छ । आइतबार नौबहिनी गाउँपालिका न्यायिक समितिको आयोजनामा भएको एक कार्यक्रमकावीच मेलमिलाप कर्ताहरुलाई सामाग्री वितरण गरेको नौबहिनी गाउँपालिकाले जनाएको छ ।

जनतालाई प्रत्यक्ष रुपमा न्यायको अनुभुति गराउनको लागि र न्याय सम्बन्धीका काम कारवाहीलाई प्रभावकारी बनाउनको लागि झोला, डायरी, ऐन नियमका नियमहरुको नोट, संविधानका किताब, न्याय सम्बन्धी बनाईएका विभिन्न कार्यविधिको नोट लगायतका सामाग्री दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए । उनका अनुसार न्यायिक सम्बन्धी मेलमिलाप कर्ताहरुका लागि यस अघि पुष १० गते ४८ घण्टे आधारभुत तालिम दिईएको थियो ।

स–साना कलह तथा लडाई झगडाका विषयहरु वडा तथा पालिकामा नै मेलमिलापको माध्यमबाट समाधान गर्ने उद्देश्यका साथ न्यायीक समिति बनाईएको गाउँपालिकाले जनाएको छ । पालिकामा फछ्र्यौट हुन नसक्ने विषयहरु जिल्लामा पठाउने पालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...