News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिकाले केन्द्र र स्थान चुनावबाट टुंगायो

बासुदेब गिरी प्युठान,२२ मंसिर
७१५ पटक
प्युठान,२२ मंसिर

झिमरुक गाउँपालिकाको भवन निमार्णको केन्द्र र स्थान चुनावद्धारा भ्यागुतेमा टुङ्गएको छ । लामो समयदेखी केन्द्र कहाँ राख्ने भन्ने छलफल र बहस चलेपनि टुगो लाग्न सकोको थिएन । त्यसैको लागि चलेको यस गाउँपालिकामा शनिवार विशेष गाउँसभाले मतदानबाट स्थान र केन्द्र दुई तिहाई बहुमतले पारित गरेको हो । भ्यागुतेलाई टुङ्गाएको गाउँपालिकाकाले जनाएको छ । गाउँपालिकाको केन्द्र भ्यागुते र पिडाल्नेमा राख्ने भनिएपछि चुनाव गरिएको थियो । गाउँसभाका ४२ जना सदस्य मध्ये भ्यागुतेको पक्षमा २८ मत, पिडाल्नेको पक्षमा ४ मत र तथष्टमा ९ मत परेको गाउँपालिकाका प्राविधिक बासुदेब गिरीले जानकारी दिए ।
झिमरुक गाउँपालिका– ४ भ्यागुते भन्ने स्थानमा नेपाल सरकारको डिजाईन अनुसार भवन बन्ने प्राविधिक गिरीले बताए । उक्त स्थानमा भवन निमार्णका लागि जग्गाको स्वीकृत समेत भएको छ । यस क्षेत्रका विभिन्न व्यक्तिहरुले ९ रोपनी ८ आना जग्गा प्रदान गरेका छन् । भवन निमार्ण हुने चर्चा चलिसकेपछि प्राविधिक समुहले उक्त स्थानलाई उपयुक्त मानेको समेत गिरीले बताए । हाँल गाउँपालिकाको काम झिमरुक गाउँपालिका–५ मच्छीबाट सञ्चालन भएको छ ।
यसैविच झिमरुक गाउँपालिका –३ को वडा केन्द्र र जग्गाको छनोटका लागि शनिवार बसेको सभामा प्रस्तुत गरिएको थियो । सभाले उक्त प्रस्तावलाई अस्विकार गरेको छ । केन्द्र र जग्गाको विषयमा २६ सदस्य मात्रै पक्षमा भएपछि बहुमत नपुगेको भन्दै प्रस्ताव रोकीएको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...